लहान /  मधेशी दलहरु पनि मधेशी जनतालाई भाेट बैंककै रुपमा प्रयाेग गरेकाेले  मधेशी मुद्दा सबैकाे  हुन नसकेको अराेप रहेकाे  छ ।

राष्ट्रिय पिछडावर्ग महासंघका अध्यक्ष कौशल कुमार सिंहले प्रेस विज्ञप्ति जारी गरी मधेशका बहुसंख्यक समुदायहरुको अधिकार, पहिचान र सहभागिताको सुनिश्चितता नगरी उनीहरुलाई सत्ताधारी दल जस्तै मधेशी दलहरुले पनि भोटर कै रुपमा प्रयोग गर्ने नियतका कारण मधेशका सबै समुदाय मधेशी मुद्दामा एक हुन नसकेको तथ्यलाई मनन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको छ । मधेशीका अगुवाहरुले यि समुदायसंग सहकार्य नगरी मात्र दलीय एकता गरी अगाडी बढदा पटक–पटक असफल भइरहेका छन् ।

विज्ञप्तिमा ‘अब मधेशको पूर्ण अधिकार प्राप्तिका लागि पिछडावर्ग (ओबीसी), दलित, मुस्लिम, आदिवासी जनजाति, थारु लगायतका समुदायसँग मिलेर मधेशको अधिकारमा सबैको अपनत्व हुनेगरी कार्ययोजना बनाएर अगाडी बढनुपर्ने र त्यसको लागि अबको संवाद र सहकार्य सबैसंग हुनुपर्ने, सबैको सहभागितामा हुनुपर्छ । हैनभने, सबैले छुट्टाछुट्टै रुपमा अगाडी बढन बाध्य हुन्छन् । त्यसैले सबैको पहिचान र सहभागितालाई स्वीकार गरौं र एकताबद्ध रुपमा अगाडी बढौं ।’

मधेशमा रहेका विभिन्न समुदायबीच एकता नगरी मधेशी एकता सम्भव नरहेको दाबी राष्ट्रिय पिछडावर्ग महासंघका अध्यक्ष कौशल कुमार सिंहले गरेका छन् ।

अध्यक्ष सिंहले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मधेशी समुदायका सबभन्दा ठूलो समुदाय पिछडावर्ग (ओबीसी) आफ्नो अधिकारका लागि दशकौंदेखि संघर्ष गर्दैआइहेका छन् । संविधान लगायत धेरै संवैधानिक ठाउँमा आफ्नो अधिकार लेखाउन सफल पिछडावर्ग आफ्नो समान सहभागिताका लागि संघर्ष गरिरहेका छन् ।

यस्तो बेलामा मधेशी एकतालाई बलियो बनाउन मधेशका सबै उत्पीडित समुदायहरु एक हुनुपर्ने बेला आएको छ ।’

हाल मधेशमा एकताको आवाज उठिरहेको बेला केही पक्षले मधेशका सबै पक्षलाई नसमेटि राजनीतिक लाभको आधारमा मात्र मधेशी दलहरुको एकताको प्रयास थालेको छ । जसले केही लाभ मधेशले पाए पनि पूर्ण अधिकार प्राप्त गर्न नसक्ने उनले दाबी गरेका छन् ।

‘त्यसैले मधेशमा रहेका विभिन्न समुदायबीच एकता नगरी मधेशी एकता संभव हुँदैन् । मधेशमा रहेका पिछडावर्ग (ओबीसी) दलित, आदिवासी जनजाति, मुस्लिम र थारुबीच मधेशको अधिकारबारे मिहिन रुपमा विश्लेषण नगरी मधेशी दलहरुले सत्ता स्वार्थको लागि मात्र गरिने मधेशी एकताले ठोस परिणाम दिन सक्दैन् ।’, उनले भनेका छन् ।

पिछडावर्ग (ओबीसी) मा कुन कुन जात पर्छ

कुशवाहा, कुर्मी, कुम्हार, कहार, केवट, कानु, कमार, कलवार, तेली, नुनिया, बनिया, बरैई, बढैई, भेडिहर, माली, मल्लाह/गोढि/गोडिया, यादव, राजभर, राजधोव, रौनियार, लोहार, लोध, सुडी, सोनार, हजाम, हलुवाई, अमात, केवरत, बिन्न, जोगिया, कलाल, पटनवार, वोट, कथबनिया, कमकर, कशोधन, चनऊ, लहेरा/लहेरी, ठठेरी/कशेरा, पटवा, बन्जारा, बेल्दार, नट/नटवा, भुजवा/भुजी, चौहान, मंगता/महाउत, खैराह/गुज्जर, कलाबाज, अरख, राजी आदी जातजातिहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय