मनिषा कुमारी मण्डल
लहान (सिरहा) / आज मंगलबार बिहान ६ः५० बजे लहान लगायत नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु चिनबाट ३५ किमि विन्दु क्षेत्रमा रहेको अनुमान गरिएको छ ।
यसको परिमाण रेक्टर स्केलमा ७.१ म्याग्निच्युडको भुकम्प मापन गरिएको छ । यो धक्का मुख्यतया नेपाल , भारत , बंगलादेश र चिन पनि महसुस गरिएको थियो ।
भूकम्पको धक्का महसुस हुनासाथ मानिसहरू घरबाट बाहिर निस्किएका थिए । बिहानको समयमा धेरैजसो मानिसहरू घरभित्रै भएकाले त्रासदीपूर्ण स्थिति सिर्जना हुन सक्ने सम्भावना रहेको थियो ।
प्रारम्भिक रिपोर्ट अनुसार, केही स्थानमा घर र अन्य संरचनामा सामान्य क्षति पुगेको जनाइएको छ । तर, हालसम्म मानवीय क्षतिको सूचना प्राप्त भएको छैन ।