लहान / सिरहाको लहानमा एक दिवसीय ‘समता साहित्य उत्सव’ हुने भएको छ । समता स्कुल पूर्वी कन्सोर्टियमलको आयोजनामा भोली शुक्रवार समता साहित्य उत्सव हुन लागेको हो ।

यस उत्सवले नेपाली साहित्यको प्रचार–प्रसार गर्ने र विद्यार्थीहरूमा साहित्यप्रति रुचि, ज्ञान र सृजनात्मक क्षमताको विकास गर्र्नेे उद्देश्यका साथ लहानमा पहिलो पूर्वी कन्सोर्टियमलको‘समता साहित्य उत्सव कार्यक्रम रहेको छ ।

समता स्कुल पूर्वी कन्सोर्टियमले सिरहा, धनुषा, सप्तरी, उदयपुर, सिन्धुली लगायतका विभिन्न जिल्लाबाट २० जना भन्दा बढी ख्यातिप्राप्त साहित्यकारहरूको सहभागिता रहने बताइएको छ ।

‘साहित्यको संसारमा प्रेरणाको दियो’ भन्ने नारासँग यो उत्सवको चौथो संस्करण आयोजना गरिनु परेको छ। समता स्कुल पूर्वी कन्सोर्टियमले देशभरका समता विद्यालयहरूमा यस्ता कार्यक्रमहरूको निरन्तर विस्तार गर्ने योजना बनाएको छ। कन्सोर्टियमका प्रमुख सन्तोष श्रेष्ठका अनुसार, उनीहरूले विद्यार्थीहरूको समग्र विकासका लागि विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्, जसले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न र उनीहरूलाई थप अवसर प्रदान गर्न मद्दत पुर्याएको छ ।

यस साहित्य उत्सवमा मकवानपुरका कवि निमेष निखिलले ‘विद्यालयमा साहित्यको भूमिका र सकारात्मक प्रभाव’ विषयमा विशेष वक्तव्य दिनेछन् ।

संयोजक तथा समता पूर्वी कन्सोर्टियमका साहित्यदूत इलामका कवि विमल वैद्यका अनुसार, उत्सवको क्रममा सर्जकहरूले आफ्ना सिर्जनाहरू वाचन गर्नेछन् । यस अवसरमा झापा, इलाम, विराटनगर, लहान र इटहरीका विद्यार्थीहरूले पाँचौँ अन्तर समता गायन र नृत्य प्रतियोगिताको दोस्रो चरणका प्रस्तुति दिनेछन् । आयोजकहरूको विश्वास छ कि यो साहित्य उत्सवले विद्यार्थीहरूलाई साहित्यिक यात्रामा प्रेरित गर्दै नयाँ दृष्टिकोण प्रदान गर्नेछ ।

कार्यक्रममा कवि विमल वैद्य, प्रमुख वक्ता निमेष निखिल, डाक्टर अमरेन्द्र मिश्र, डाक्टर रामसेवक सिंह, रोयाण्टर मण्डल, जिवछ यादव उदासी, सुमी पोखरेल, अर्जुनप्रसाद गुप्ता, सुमन घिमिरे अग्रिम, जीवन आरोही, प्रमोद थारू, र ऋषि राईजस्ता ख्यातिप्राप्त सर्जकहरूको सहभागिता रहनेछ। समता स्कुल पूर्वी कन्सोर्टियमले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै विद्यार्थीहरूलाई सृजनशीलता, ज्ञान र नेतृत्व विकासका लागि प्लेटफर्म प्रदान गर्दै आएको छ ।

सन्तोष श्रेष्ठको नेतृत्वमा कन्सोर्टियमले आयोजित प्रत्येक कार्यक्रम विद्यार्थी, शिक्षक र अभिभावकका लागि प्रेरणादायी र सफल साबित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय