राेयाण्टर मण्डल
सिरहा ।  मधेश प्रदेशका सभा सदस्यले नै प्रहरी नाममा विचाैलिया बनी रुपैयाँ असुली गरि रहेकाे घटना सार्वजनिक भएकाे छ ।

सिरहा जिल्ला गोलबजार नगरपालिका–१३ दुर्गापुरकी जनता समाजवादी पार्टी नेपालबाट समानुपातिबाट चयन हुनु भएकी  मधेस प्रदेश सभा सदस्य सहिदा खातुनले प्रहरीसंग मुद्दा मिलाएकाे बापत ४० हजार रुपैयाँ  नदिएकाले  कुटपिट घटना भएकाे हाे ।

सभा सदस्य आफै  पनि  स्थानीयमाथि लठ्ठी प्रहार गरि घाइते बनाएकाे भिडियाे समेत सार्वजनिक भएकाे छ तर यस प्रकारकाे विडियाे सार्वजनिक हुदाँ पनि पक्राउ गर्नु साट्टाे प्रहरीले नै संरक्षण गरि रहेको पिडितहरुकाे आराेप छ ।

साेही घटनाकाे विषयमा पिडितहरु आज पत्रकार सम्मेलनगरी ” आफुहरु न्यायकाे लागि पत्रकारहरुलाई गुहारेकाे छु । हामीलाई न्याय दिलाई दिनु । सभासदस्य खातुनले पावर र पैसाकाे भरमा हामीलाई कुटपिट गरे । अहिले पनि हामीहरु उपचार छाै तर प्रहरी उहाँलाई पक्राउ गर्नुकाे साट्टाे हामीहरुलाई  पक्राउ गरि रहेकाे छ । के याे देशमा जनता लागि न्याय छैन ?  नेताहरुकाे पावर र पैसाकाे भरमा हामी पीडितलाई नै झन पीडा दिने कहाँकाे न्याय हाे ।”

हामी गरीब चटपटे बेचेर जीवन चलाउँछौं। हाम्रो सहारा बनिदिन अधिकारकर्मीहरुलाई पत्रकार सम्मेलनमा दीपत खातुनले आँसु झार्दै सहयाेग माग गरिन ।

उनले रुदै भनिन् ” सांसद खातुन, उनका श्रीमान् मो. हाकिम, छोरा दिल मोहम्मद र भाई मो. रहिमले ४० हजार रुपैयाँको विषयलाई लिएर मर्ने गरि कुटपिट गरे   अहिले उपचार भए रहेकाे अस्पतालमा समेत  आफन्त पठाएर धम्की  त्रास दिई रहेकाे छ ।

घटना विवरण –
सांसद खातुनले तिम्रो  छोराको नाम खुनी मुद्दा थियाे मैले नाम हटाउन लगाएकाेले  हटाउन खर्च भएको ४० हजार रुपैयाँ माग गरेकी थिइन्।   उक्त विषयमा पञ्चायतमार्फत छलफल गर्न खोज्दा सांसद खातुन र उनका परिवारका सदस्यहरूले हामीहरू माथि हातपात गरेकाे पीडित  दीपत खातुन बताईन् ।

कुटपिटबाट घाईते भएका आलन मोहम्मद मिया,मोहम्मद आसिफ,मोहम्मद रजबुला,जाहिर मिया,मो.सुरत,नसिमा खातुन,रबिना खातुन,छेदनि खातुन,हजरा खातुन,तेतरि खातुन,फजिला खातुन र नसिबनि खातुनकाे उपचार गोलबजारको भूमिजा अस्पतालमा उपचार भए रहेकाे छ ।

यता, सांसद खातुनको निर्देशनमा पीडित पक्षका चार जना – आलम मियाँ, अब्दुल अजीज, मो. रजाबुल र मो. रोजाईलाई प्रहरीले पक्राउ गरेको पीडितले बताए ।

पीडित पक्ष र सर्वसाधारणले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनको माग गरेकाे छ  ।

घटना विषयमा सांसद सहिदा खातुनसंग प्रतिक्रिया लिन फाेन गर्दा  उठाउनु भएन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय