विरेन्द्र यादव (विरु)
लहान (सिरहा) / जनमत पार्टीले सिरहाकाे गाेलबजार र लहानकाे रमेश चाैकमा धोती दिवस मनाएको छ ।
दिवसको सन्दर्भमा जनमत पार्टीले र्याली र कोणसभा गरेका हुन् ।
धोती आफूहरूको पहिचान भएको भन्दै उनीहरूले धोती लगाएकै आधारमा कसैले पनि कसैमाथि भेदभाव गर्न नमिल्ने बताएका छन् ।
उनीहरूले अन्तर्राष्ट्रिय पोशाक दिवसलाई नेपालमा धोती दिवसका रूपमा मनाउनुपर्ने भन्दै धोती संस्कृतिको संरक्षणका लागि समेत आह्वान गरेका छन् ।
गाेलबजारमा भएको प्रदर्शन र कोणसभामा जनमतका केन्द्रीय सदस्य बालेश्वर यादव (बालवीर) सहित पार्टीका शीर्ष नेताहरू सहभागी थिए ।
कार्यक्रममा बोल्दै यादवले धेरै भेषभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पत्ति भएको उल्लेख गर्नुभयो । उहाँले सबैले सबैको अपनत्व स्वीकार गरेर आ–आफ्नो पोशाक लगाई पोशाक दिवस मनाउनुपर्ने बताउनुभयो ।