रोयाण्टर मण्डल
सुखीपुुुर (सिरहा) / नगर सुधार समिति सुखीपुरद्वारा आयोजित चौथो नगर क्रिकेट कपको उपाधि वडा नम्वर ९ बैशखाले जितेको छ ।

आज मंगलवार श्री जनता माध्यमिक विद्यालय सुखीपुरको खेल मैदानमा भएको फाईनल खेलमा सुखीपुर नगरपालिका वडा नम्बर ८ र ९ विच भएको खेलमा वडा नम्वर ९ बैशखाले ४ विकेटले उपाधि (विजयी) हात पारेको होे ।

जारी खेलमा टच जितेर ब्याडिंग गरेका वडा नम्बर ८ ले वडा नम्वर ९ सामु जितको लागि १ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

१ सय ४९ रनको लक्ष्य वडा नम्बर ९ ले १५ ओभर ३ बलमै ७ विकेट क्षतीमा पछ्याएको थियो । टोलीका लागि सुमन मण्डलले सर्वाधिक ४३ रन बनाए । उनले यस क्रममा १ चौका र ५ छक्का हिर्काए ।

कप भरीको खेलमा प्लेयर अफ द सिरिज वडा नम्वर १० का समिर चौधरीले , वेस्ट बोलरमा वडा नम्वर ८ का रुपेश मण्डल , बेस्ट बैट्समैन वडा नम्वर ८ का रंजित पण्डित र सेन्चुरी रन लिने वडा नम्वर १ का धिरज यादव रहेको छ ।

नगर कपको प्रथम हुने सुखीपुर वडा नम्वर ९ लाई कप र १५ हजार रुपैयाँ , दोस्रो हुने वडा नम्वर ८ लाई कप र १० हजार रुपैयाँ र तेस्रो हुने वडा नम्वर १० लाई कप र ५ हजाररुपैयाँ नगद प्रदान गरिएको आयोजक संस्थाका संयोजक विपी भुवन यादवले जानकारी गराउनुभयो ।

सुखीपुर नगरपालिका वडा नम्बर ८ ले वडा नम्बर ४, ६ र १० लाई पराजित गरी फाईनलमा पुगेका थियो भने वडा नम्बर ९ ले वडा नम्बर ३, ५ र १० लाई पराजित गरेर फाईलमा पुगन सफल भएको थियो । फाईनल खेलको एपाईर विजय निरौला र संतोष साहले खेल खेलाउनुभएको थियो ।

सुखीपुर नगर कप जितेपछि वडा नम्वर ९ मा एक अर्कामा शुभकामना अदान प्रदान गर्दैछन् । वडाभरीका युवा तथा वडावासीमा खुशियाली छाएको सुखीपुर वडा नम्वर ९ का वडा अध्यक्ष दुलिचन यादवले बताउनुभयो ।

नगर सुधार समिति सुखीपुरद्वारा आयोजित प्रथम सुखीपुर नगर क्रिकेट नगर कप सुखीपुर नगरपालिका वडा नम्वर ८ , दोस्रो र तेस्रो क्रिकेट नगर कप वडा नम्वर ३ ले र आज सम्पन्न भएको चौथो नगर क्रिकेट कपमा वडा नम्वर ९ ले हात पान सफलको भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय