रोयाण्टर मण्डल
सुखीपुुुर (सिरहा) / नगर सुधार समिति सुखीपुरद्वारा आयोजित चौथो नगर क्रिकेट कप टि–ट्वाइटी प्रतियोगिताको आज सिमी फाईनल खेल सम्पन्न भएका छन् ।
आज सोमबार सुखीपुर नगरपालिका वडा नम्बर ८ र १० विच भएको खेलमा वडा ८ विजयी भएका छन् । भोली मंगलबार फाईनल खेल सुखीपुर वडा नम्वर ८ र ९ विच हुने भएको छ ।
सुखीपुर नगरपालिका वडा नम्वर ८ ले तेस्रो जित दर्ता गर्ने क्रममा सुखीपुर वडा नम्वर १० लाई २० रनले हरायो । १ सय ४८ रनको लक्ष्य पाएको सुखीपुर वडा नम्वर १० ले १९ ओभर २ बलमा १ सय २२ रनमा सबै विकेट गुमाउदै पराजित भएका छन् ।
शुरुवाती खेलमा ब्याडिंग रोजेका वडा नम्बर ८ ले २० ओभर खेल्दै १ सय ४२ रनको लक्ष्य दिएको थियो । यता जवाफी खेलमा वडा नम्बर १० ले १९ ओभर २ बल खेल्दै १ सय २२ रन वनाएर सबै विकेट गुमाएका आयोजक संस्थाका संयोजक विपी भुवन यादवले जानकारी गराउनुभयो ।
आज खेल मा वडा नम्बर ८ का रजित पण्डितले २१ बलमा २९ रन र ३ ओभर ५ बलमा ३ विकेट लिएर प्लेयर अफ द म्याच घोषित भएका छन् । आजको खेलको एपाईर विजय निरौला र संतोष साहले खेल खेलाउनुभएको थियो ।
सुखीपुर नगरपालिका वडा नम्बर ८ ले वडा नम्बर ४, ६ र १० लाई पराजित गरी फाईनलमा पुगेका छन् भने सुखीपुर नगरपालिका वडा नम्बर ९ ले वडा नम्बर ३, ५ र १० लाई पराजित गरेर फाईलमा पुगेका छन् ।
अब भोली मंगलवार हुने फाईनल खेलमा सुखीपुर वडा नम्वर ८ र ९ विच श्री जनता नमुना माध्यमिक विद्यालय सुखीपुरको खेल मैदानमा विहान ११ बजे देखि हुने छन् ।