राेयाण्टर मण्डल
लहान ( सिरहा) / किसानहरुको माग अघि सार्दै आन्दोलनरत जनमत पार्टीले भगवापुर गाउँपालिकामा ज्ञापन पत्र बुझाउदै अबिलम्ब समस्या समाधानका लागी पहल गर्न माग गरेका छन् ।

यसैक्रममा आईतवार सो पार्टीले भगवानपुर गाउँपालिकामा किसानहरुले मलकाे लागि भोग्नुृ परिरहेको समस्या समाधानका लागी पहल गर्न ज्ञापन पत्र बुझाएका छन् ।

जनमत पार्टीका भगवानपुर गाउँ पालिका अध्यक्ष अभधेश कुमार यादवको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत चन्द्र नारायण चाैधरीलाई बुझाइएको ज्ञापन पत्र मार्फत किसानका लागी समयमै मलखाद्य उपलब्ध गराई दिन माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृतले गाउँ पालिकाबाट सम्भव भएका सेवा सुविधा उपलब्ध गराउने र सो बाहेक कामका लागी सम्बन्धित निकायमा पहल गर्ने  बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय