राेयाण्टर मण्डल
सिरहा / प्रहरीले खैरो धूलोजस्तो देखिने लागू औषध ब्राउन सुगर सहित एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीले सिरहा नगरपालिका वडा नं. ७ स्थित माँ भगवती बेकरी एण्ड स्विट हाउस अगाडि प्रदेश २-०१-००१ प ४८६ न.को मोटरसाईकल रोकी राखेको अवस्थामा शंकालागी चेकजाँच गर्दा १ सय ३.९० मिलीग्राम ब्राउन सुगर फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासमानले सिरहा जिल्ला बिष्णुपुर गाउँपालिका वडा नं. ५ लक्ष्मिपुर बस्ने बर्ष ३५ को सुरेश कुमार महतोकाे साथबाट उक्त पदार्थ फेला परेको बताए ।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहामा भईरहेकाे छ ।