![](https://ejantatoday.com/wp-content/uploads/2024/12/inbound1539019876176052961.jpg)
राेयाण्टर मण्डल
सुखीपुर ( सिरहा) / सुखीपुर नगरपालिकामा सुखीपुर नगर स्तरीय चाैथाे नगर कप क्रिक्रेट प्रतियोगिता हुनेभएको छ ।
नगर सुधार समिति सुखीपुरको आयोजना स्थानीय क्रिकेट कल्बकाे व्यवस्थापनमा प्रतियोगिता हुनेभएको हो ।
स्वास्थ्यका लागि खेलकुद नगरका लागि खेलकुद भन्ने नाराका साथ पुस ७ गतेदेखि प्रतियोगिता सुरु हुने नगर सुधार समितिका संयाेजक विपि भुवन यादवले जानकारी दिनुभयो ।
खेलकुदका माध्यमबाट पनि आर्थिक विकास गर्न सकिनेभएकाले खेलकूदका गतिविधि र खेल पर्यटनमार्फत आर्थिक क्षेत्रलाई गतिशील बनाउन प्रतियोगिता आयोजना गरिएको संयोजक यादवको भनाइ छ ।
खेलको व्यवसायीकरणबाट नगरको प्रतिष्ठा र गौरव बढाउन सकिने भएकाले खेल प्रतियोगिता हुन लागेको आयोजकको भनाइ छ ।
सुखीपुर नगरका प्रत्येक वडाले आफनाे खेलाडी समूह सहभागी गराउने र जिताउनका लागि खेल अभ्यास गराउदै आएकाे जानकारीमा आएकाे छ ।