विरेन्द्र यादव
सिरहा / नेपाल प्रहरीको मोस्ट वान्टेडको सूचिमा रहेका भारतीय लुटेरा आरिफ खानलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
सिरहाका डिएसपी वीरेन्द्र पासवानको कमाण्डमा गएको प्रहरीले लुटेरा आरिफ खान भन्ने आरिफ हुसेनलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
समयमा नेपालको बिभिन्न जिल्लामा लुटपाट र डाका तथा संगठित अपराध मुद्दामा फरार रहेका भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेन घाईते अवस्थामा भागी नेपाल तर्फ आई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायव उपरिक्षक पासवानको कमाण्डमा खटिएको टोलीले जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १७ माडर स्थित नेपाल भारतको दसगजा क्षेत्र नजिक निज आरिफ खान भन्ने आरिफ हुसेनको हात, खुट्टा लगायत शरीरको बिभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई निजलाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहामा पठाईएको छ ।
उपचार पश्चात डिस्चार्ज भई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई सोधपुछ पश्चात आवश्यक अनुसन्धानको लागि आज इलाका प्रहरी कार्यालय मिर्चया पठाइएको छ ।
हुसेनले २०८० जेठ १६ गते दिउसो १२:२५ बजेको समयमा जिल्ला महोत्तरी, महोत्तरी गाउँपालिका वडा नं.२ स्थित रहेको NMB (एनएमबि) बैंकमा अपरिचित नकाबधारी ४/५ जना हतियारधरी समुहले बैंकमा प्रवेश गरी बैंकका कर्मचारी तथा सेवाग्राही समेतलाई पेस्तोल देखाई काबुमा पारी उक्त बैकबाट तत्काल रु.३८ लाख नगद रुपैयाँ र बैंकको कर्मचारीको मोवाईल समेत लुटी डाका गरी फरार भएको उक्त बैंकको प्रबन्धक मलिका ठाकुरको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी निज आरिफ खान भन्ने आरिफ हुसैन समेत भएको डाँका मुद्दामा फरार रहेको ।
त्यस्तै जिल्ला सिरहा कल्याणपुर नं.पा.वडा नं.८ बस्ने राम चन्द्र साहको छोरा ग्लोबल आईएमई बैंक शाखा कार्यालय कल्याणपुरका सहायक लेखापाल बर्ष ४३ को उपेन्द्र साहले मिति २०७९ चैत १० गते अं.१४:४५ वजेको समयमा जि. सिरहा, मिर्चया नं.पा. वडा नं.६ स्थितमा रहेको ग्लोबल आईएमई बैंकबाट नगद रु.९ लाख नगद रुपैयाँ रकम निकाली ब्यागमा राखी ज.६.प.८१८५ नं. को मोटरसाईकल प्र.ज. नितेश खवासले चलाई सो मोटरसाईकल पछाडी निज उपेन्द्र साह सवार भई कल्याणपुरतर्फ गईरहेको अवस्थामा जि. सिरहा, मिर्चया न.पा. वडा नं.३ बताहा पुल स्थित कल्याणपुर जाने बाटोमा आईपुग्दा सो पुलमा नं. नखुलेको यमहा कम्पनीको निलो रंगको MT मोटरसाईकल र रातो रंगको नम्बर नखुलेको मोटरसाईकलमा आएको ४ जना मानिसहरुले उक्त ज.६.प.८१८५ नं. को मोटरसाईकल रोकी चालक प्र.ज.नितेश खवास र उपेन्द्र साहलाई कुटपीट गरि निज उपेन्द्र साहले रु.९ लाख नगद रुपैयाँ बोकी राखेको झोला समेत लुटी डाका गरि भागी फरार भएको उपेन्द्र साहको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी आरिफ खान भन्ने आरिफ हुसैन समेत भएको डाका र संगठित अपराध मुद्दामा फरार रहेको अभिलेखबाट देखिन आएको ।
भारत विहारको मधुवनी जिल्लामा हातहतियार, लुटपाट लगायत मुद्दा निजको नाममा दर्ता रहेको, निजलाई पक्राउ गर्नेलाई २५ हजार पुरस्कार घोषणा गरेको समेत बुझिएको ।