सुखीपुर (सिरहा) /  नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनोजकुमार बनैता यादव पुन: विजय हुनुभएको छ ।

शुक्रबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी रामबाबु यादवलाई तीन मतकाे मतान्तरले पछि पार्दै बनैता निर्वाचित हुनुभएको हो ।

शाखाको अध्यक्षमा दोस्रो कार्यकालका लागि स्वतन्त्र समूहबाट यादव निर्वाचित हुनुभएको हो ।

उहाँले ३३ मत प्राप्त गर्नुभएको छ भने नेपाल प्रेस युनियन र प्रेस चौतारी गठबन्धनका उम्मेदवार रामबाबु यादवले ३० मत र प्रेस सेन्टरका हिरालाल चौधरीले १२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, समितिको उपाध्यक्षमा प्रेस युनियन र प्रेस चौतारीका रोयाण्टर मण्डल निर्वाचित हुनुभएको छ । मण्डलले ३० मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र समूहका शिवदयाल यादव २८ मत, प्रेस सेन्टरका उम्मेदवार जिवछ यादवले यादवले १६ मत मत प्राप्त गरेकाे छन्।

महिला उपाध्यक्षमा उषाकुमारी यादवले ३७ र यमुना खनालले ३७ मत ल्याएपछि बराबरी मत प्राप्त भएपछि आधा आधा कार्यकाल जिम्मेवारी लिने सहमति भएको छ ।

यस्तै, सचिवमा प्रेस सेन्टरका मुकेश यादवले २६ मत ल्याएर विजय हुनुभएका छन् भने प्रेस युनियन र प्रेस चौतारीका उम्मेदवार माेहम्म फिराेज २४ मत, त्यस्तै स्वतन्त्र समूहका विरेन्द्र नेपालले २४ मत ल्याउनुभएकाे छ ।

सहसचिवमाप्रेस युनियन र प्रेस चौतारीका ऐलिना हिङ्माङ्ग चौधरी , प्रेस युनियन र प्रेस चौतारीका समावेशी सहसचिवमा धर्मेन्द्र पासवान, प्रेस युनियन र प्रेस चौतारीका कोषाध्यक्षमा शुभनारायण कामती सहित १५ सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय