रोयाण्टर मण्डल
लहान (सिरहा) / सिरहाको सुखीपुरमा पुराना (Legends ) क्रिकेट खेलाडीहरु विच मैत्रीपुर्ण खेल भएपछि नव खेलाडीमा उत्साह बढेको छ ।
कुनै बेला सिरहा जिल्लामै सुखीपुर क्रिकेट ११ टीमको बोलबला थियो तर सुखीपुरमा क्रिकेट खेलाडीहरु ब्यापार र अन्य पेसामा लागेपछि बोलबला माथि प्रश्न चिन्ह लागदै आएकाे बेला नयाँ पुस्ताका खेलाडीहरुलाई प्रोत्साहन गर्न पुराना खेलाडीहरु विच मैत्रीपुर्ण खेल प्रतियोगता गरिएको छ ।
सुखीपुर नगर सुधार समितिको आयोजनामा सुखीपुरको श्री जनता नमुना माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा Legends ए टीम र Legends बि टीम विच भएको खेलमा ए टीमले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रनको योगफलमै समेटिएको थियो । जवाफी ब्याटिङ गर्दै Legends बि टीमले पनि २० ओभरमै ५ विकेटको क्षतिमा १६४ रन बनाएपछि बरावरीमा खेल प्रतियोगिता सम्मपन्न भएको छ ।
Legends ए टीम कप्टान अरुण साह र Legends बि टीमका कप्टान चन्द्र शेखर दास रहेको थिाये । दुवै टीम वरावरी रन ल्याएपछि दुवै टीलाई प्रथम घोषणा गरिएको आयोजक संस्थाका संयोजक विपि भुवन यादवले जानकारी गराउनुभयो ।
दुवै टिमलाई कार्यक्रमको विच सम्मान सहित पुरस्कार वितरण गरिएको छ । पुरस्कार वितरण कार्यक्रमका सुखीपुर नगरपालिकाका वडा नम्वर ८ का निवर्तमान वडा अध्यक्ष हरिवंश महतोको प्रमुख आतिथ्य र शिक्षक श्याम यादव, डि.एन. यादव, मनित चौधरी र नेता भरोषी साहकोे विशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै विपी भुवन यादवले मैत्रीपुर्ण खेलले मित्रतासँगै आपसी सहिष्णुता बृद्धि गर्ने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि अँझै सामाजिक मेलमिलाप र सुमधुर सम्बन्धका लागि यस्ता प्रतियोगिताहरुको आयोजना हुनुपर्ने जोड दिनुभयो ।