राेयाण्टर मण्डल
लहान (सिरहा) / नेपाल पत्रकार महासंघ सिरहा शाखा र लहान सिटी जेसिस बीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ सिरहाकाे विजयी भएको छ।
लहान सिटी जेसिसकाे साप्ताहिक कार्यक्रम अन्तरगर्त जेसिसद्वारा आयाेजित लहानकाे खेल मैदानमा आज बुधवार भएको खेलमा पत्रकार टोलीले जेसिस टोलीलाई ३–२ गोल अन्तरले हराएको छ ।
पत्रकारको जितमा विरेन्द्र यादव, एम महताे र लाल विहारी यादवले एक एक गोल गरे ।
यता, जेसिस टिमका नित्यान्नद साह र बमचन्द्र चाैधरीले एक एक गाेल गरेका गरे ।
पत्रकार टिमका कप्तान विरेन्द्र यादव र जेसिस टिमबाट उपेन्द्र यादव रहेकाे थियाे ।
खेलले स्वास्थ्यका लागि एकदम राम्रो हाे । यस प्रकारकाे खेल समय समयमा हुनुपर्छ । हाम्राे टिम खेलमा विजय भएकाेले खुशी भएकाे पत्रकार टिमका कप्तान यादवले खुशी व्यक्त गर्नुभयाे ।
उद्घाटन अघि सम्बोधन गर्नुहुँदै सिटी जेसिका अध्यक्ष उमेश कुमार यादवले खेलकुदको माध्यामबाट दुई संठगन बिचको मित्रताले थप उचाई लिएको बताउनुभयो।
पत्रकार र जेसिस बिचकाे खेलले समाजमा राम्रो संदेश जाने भएकाे याे खेलले पत्रकारमा उर्जा थप्ने नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनाेज बनैताले बताउनुभयाे ।