रोयाण्टर मण्डल
लहान (सिरहा) / पशुपति आदर्श माध्यमिक विद्यालय (स्कुल) लहान मटिअर्वाको अगाडी रहेको नहर नै गायब भएको खुलासा भएको छ ।
लहानमा अतिक्रमित सरकारी जग्गाको खोजी गर्न सरोकारबला संग कोही सार्वजानिक कार्यक्रममा, त कोही समाजिक संजालमा, त कोही चिया पसलबाट सरोकारबलासंग खाली गराउन मांग गरि रहेकाे छ ।
सिरहाको लहानमा शनिवार सिटी जेसिसको आयोजनामा “खुट्टी खोला नहरको समस्या र समाधान सम्बन्धि सार्वजानिक सुनवाई ” कार्यक्रममा नहरलाई खुला राख्ने की छोपने विषयमा दुई पक्षमा मत विभाजन भएको थियो तर सोही मंचबाट अधिकांश वक्ताहरुले नहरको दुईटै साइड अतिक्रमणमा परेका सरकारी जग्गालाई खाली गराउन अवाज समेत उठेकाे छ ।
अहिले लहानको विभिन्न चौक चौराहामा अतिक्रमणमा परेका जग्गा खाली गराउनु पर्ने अवाज अवाज उठि रहेको बेला जिल्ला उधोग वाणिज्य संघ लहानका अध्यक्ष विकाश सारडाले आज फेशबुक वालमा आफु विद्यालयमा पढ्ने बेला देखेको नहर खोज गर्न सरोकारबलासंग आग्रह गर्नुभयो ।
अध्यक्ष सारडाले लेख्नुभएको फेशबुक वालमा “म बाल्यकाल देखि पशुपति मा वि लहानमा अध्ययन गरि रहेको वेला उक्त मा वि को अगाडिमा रहेको नहर कहाँ हराएको छ ? खोजविन गर्न संघर्ष समितीलाई र स्थानीय सरकारलाई हार्दिक अनुरोध गर्दैछु । लहान लाई समृद्ध बनाउन हराएको संरचना खोजनु हरेक नागरिक को कर्तव्य हो ।”
सारडा पढ्ने बेलामा देखेको नहर खोजी गरियोे भने अर्वौ अर्वौ रुपैयाँको सम्पती स्थानीय सरकारको हात आउनेछन् । यसबाट स्थानीय सरकारले ब्यापार प्रयोजनका लागि भवन बनायो भने आन्तरिक आम्दानीले नगरको विकासमा थप उर्जा बढ्ने जानकारहरुले बताउछन् ।
अक्रिमणमा परेका सरकारी जग्गालाई खाली गराउन आफुलाई जिम्मा दिए तोकिएकै समयमा खाली गराएर देखाई दिने लहान नगरपालिकाका उप प्रमुख राम चरितर महतोले कार्यक्रमबाटै उद्घोष गर्नुभएको थियो ।