लहान / चेकजाँच गर्ने क्रममा मदिरा तस्करकाे गाडी राेक्न खाेज्दा गाडीले ठक्करले एक प्रहरीकाे मृत्यु भएका छन् ।
सिरहा जिल्लाकाे बरियारपट्टी गाउँपालिका वडा नम्बर १ कचनारी स्थित गाडीको ठक्करबाट नरहा गाउपालिका वडा नम्बर ४ बस्ने सशस्त्र प्रहरी बल बिओपी बरियारपट्टीका सई लक्ष्मणप्रसाद यादवको ज्यान गएकाे हाे ।
उनको ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिनुभयाे।
वहाँका अनुसार सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन। गाडीको खोजतलास भइरहेको वहाँको भनाइ छ।
तीव्र गतिमा आएको गाडी सई यादवले रोक्न खोजेपछि उनैलाई ठक्कर दिएर भागेको र उनको घटनास्थलमै ज्यान गएकाे छ।