राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) / राजनैतिक भागभण्डाका कारण  ११ वर्ष देखि विधालय व्यवस्थापन समिति बन्न नसकेको  विधालयमा  युवाहरुकाे सक्रियतामा व्यवस्थापन समिति बनेपछि गाउँ मै चर्चा विषय बनेकाे छ ।

सिरहाकाे सुखीपुर नगरपालिकामा एउटा  यस्तो विधालय थियाे जहाँ  ११ वर्ष देखि राजनीतिक अखडामा परिणत भएकाे थियाे ।

सुखीपुर नगरपालिका वडा नं १ माेहनपुर कमलपुरमा स्थित माेहनपुर युवा समाजकाे सक्रियताले ११ वर्ष देखि राजनीति अखडाकाे रुपमा परिणत भएकाे  श्री जनता माध्यमिक विधालय माेहनपुर कमलपुरमा सर्वसहमत विद्यालय व्यवस्थापन समिति गठन भएकाे छ ।

शनिबार विद्यालयमा  युवा समाजकाे अगवाईमा सर्वदलीय तथा समाजिक  बैठकबाट ११ वर्ष देखिकाे विवादलाई अन्तगरी  समिति  चयन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विलेक्षण यादव, सदस्यहरुमा  सुशील प्रपाद यादव, शुशिला कुमारी, रुचिका कुमारी यादव, दिनेश कुमार मण्डल र सुशील प्रसाद यादव रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर