जीवछ यादव उदासी
म कक्षा ६ मा थिए होला । मेरो घर घडेरी सबै मेरो छिमेकीले हडपेपछि अर्काको दैलोमा आमाको सहारामा पढाइलाई निरन्तरा दिइरहेको थिए । म जन्मेको पाँच वर्ष नहुँदै बुबा बित्नुभयो । बुबा मात्रै बित्नुभएन मेरो बुबाको हिस्साको सम्पति सबै बइमानी भएपछि म आमाको माया र मनकारी गाउँले नातामा काका गर्नेहरुको सहयोगमा शिक्षातर्फ मेरो ध्यान केन्द्रित थियो । हाल सखुवानन्कारकटि गाउँपालिका -३ बिल्टु यादव ,पल्टु यादव र राम प्रसाद यादव र दुखी यादवको दलान मेरो आफ्नै घर जस्तो थियो । आदरले रामु काका भन्ने राम प्रसाद यादव उहाँ काकाको माया र शिक्षक भएर पनि ज्ञान सिकाउनुभयो । महदेवा खरियानीमा को को बाट सहयोग पाएको छु । सारा कहानी तपाईहरुसँग अर्को दिन चर्चा गर्नेछु । आज कम्युनिष्ट पार्टी प्रति मेरो मोह किन बढ्यो ? यो चर्चा नै सान्दर्भिक होला भनेर जोडन चाहन्छु । २०४६ सालमा देशमा प्रजातन्त्र आयो । त्यतिबेला कक्षा ६ र ७ मा पछ्ने म बालक विधार्थीलाई काँग्रेस र कम्युनिष्ट के हो बुझ्ने विषय नै भएन । गाउभरमा बिल्टु पल्टु काकाको दलानमा विहान बेलुका बस्न आउनेहरुले प्रजातन्त्र काँग्रेस र कम्युनिष्टको कुरा गर्दा पढ्दा पढ्दै मेरो ध्यान गाउँले काकाहरुले गरिरहेको कुराकानीतर्फ पनि यसो जान्थ्यो र म कान ठडो पारेर उहाँहरुको कुरा सुन्थे । पल्टु काका अहिलेपनि नेपाली काँग्रेसमै हुनुहुन्छ । उहाँसँग मैले एक दिन शाेधे काका काँग्रेस र कम्युनिष्ट भनेको के हो ? उहाँ खेतिपाती गर्ने गथहस्थ तर काँग्रेसमा भिजेको समान्य पढेलेखेको पल्टु काकाले दिएको जवाफ अहिलेपनि जस्ताको त्यस्तै सम्झना छ । उहाँले भन्नुभयो,’ कम्युनिष्ट गरीवको पार्टी हो । काँग्रेस पुँजीपतिहरुको वर्चश्व भएको पार्टी हो । चीनमा कम्युनिष्ट छ । भारतमा काँग्रेस छ । नेपालमा बहुदलीय व्यवस्था आयो । यहाँ काँग्रेस र कम्युनिष्टबीच प्रतिस्पर्धा छ । यति कुरा उहाँबाट सुनेपछि मैले झट्ट जवाफ दिए काका त्यसो भए मलाई त कम्युनिष्ट नै मन परयो । यति भनेपछि काकाले मलाई सम्झाउँदै भन्नुभयो, ‘तिमी अहिले पढ काँग्रेस कम्युनिष्टको कुरामा रुचि नराख ।’ काका कुरा सहर्ष स्वीकारे । समय बित्दै गयो म एसएलसी उतीर्ण भए । लहान क्याम्पसमा पढ्न आएपछि पल्टु काकाले भनेको कुरा याद आयो । गरीवको पार्टी कम्युनिष्ट हुन्छ भने भनाइले म अनेरास्ववियु विधार्थी संगठनमा लागेर २०५२ र २०५५ मा स्वबियु उपसभापति पनि चुनिए । पछि साहित्य रचना र पत्रकारितामा लागेपछि तत्कालिन क्रान्तिकारी पत्रकार संघबाट दुई कार्यकाल नेपाल पत्रकार महासंघ सिरहा शाखाको सचिव पनि भए । आफूले झेलेको गरीवी र पल्टु काकाले सानै उमेरमा समझाइ दिनु भएको गरीवको पार्टी कम्युनिष्ट पार्टीको छाप दिल दिमागमा छ । तर कहिलेकाहि कम्युनिष्ट र काँग्रेस दुबै पार्टीमा पुँजीपतिहरु कै वर्चस्व देखेपछि पल्टु काकाले बुझाई दिनु भएको कुरा मेल नखादा भ्रममा पर्छु । पल्टु काकाले बुझाई दिनु भएको काँग्रेस र कम्युनिष्टको चित्र र चरित्र खोज्दै छु ………

प्रतिक्रिया

सम्बन्धित खवर