राेयाण्टर मण्डल
सुखीपुर ( सिरहा) / सुखीपुर उधाेग व्यापार समितिकाे चुनावमा राेशन कुमार साह म्यान अफ दि इलेक्सन अर्थात् सबैभन्दा बढी मत ल्याएर काेषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
सुखीपुर उधाेग व्यापार समितिकाे निर्वाचनमा ११ सय ६८ मत खसेकोमा साहले ६ सय ८७ मत पाए । साहसँगै सुखीपुर उधाेग व्यापार समितिका अर्का प्यानलका साेही पदका उम्मेद्वार विरेन्द्र भण्डारीले ४ सय ५८ मत ल्याएकाे छ ।
सुखीपुर उधाेग व्यापार समितिका वर्तमान काेषाध्यक्ष साहको लोकप्रियता चुनावमा पाएकाे मतले थप बढेको छ । काेषाध्यक्ष पदमा निर्वाचित साहले ल्याएको मत ५९ प्रतिशत हो ।
काे हुन राेशन कुमार साह ?
वुवा मनी साह र आमा सबुर साहको कोखबाट वि.स २०५२ साल ५ महिना १४ गतेका दिन सुखीपुर नगरपालिका वडा नम्बर २ ( साविक गाविस विधानगर वडा नम्बर ७ ) छजना गाउँमा जेठाे छाेरा भई जन्म लिनुभयाे ।
उहाँ जन्मने बेला उहाँको परिवारको आर्थिक अवस्था मध्यमको स्तरमा थियो । बुवाले सरकारी जागिरेमा हुनुहुन्थ्यो ।
उहाँले सिभिलमा सव ईन्जिनियर र शिक्षामा स्वास्थ्य विषयमा स्नातक सम्म शिक्षा आर्जन गर्नुभएको हाे ।
उहाँले पढाइ सक्न साथ करारमा सरकारी जागिर पनि गर्नुभयाे तर सरकारी जागिरबाट पाउने तलवले राम्रोसँग खानपिन त गर्न सक्छ तर आर्थिक स्तिथी परिवर्तन गर्न सकिँदैन । विना भ्रष्टाचार गरि पैसा आर्जन गर्न धाै धाै हुने भनेर भ्रष्टाचारको कमाई पाप हाे भन्दै वि.स. २०७५ साल ६ महिना २० गतेका दिन सुखीपुर बजारमा प्रिन्स ज्वेलर्स नामक पसल खाेली अरामले दिनचर्यामा लागनुभयाे ।
उहाँकाे व्यवहार सहज , हासिलाे अनुहार र नरम स्वभावका कारण पसलले ग्राहकहरुकाे मन जितन सफल भयाे ।
अहिले सुखीपुर नगरपालिकाकाे सबभन्दा विश्वासिलो पसलकाे रुपमा चिनाउन समेत थालेकाे छ ।
साहले पसलका कामकाे साथ समाजिक सेवामा समेत लागेकाे कारण वहाँ सुखीपुर उधाेग व्यापार समितिकाे चुनावमा अत्यधिक मत ल्याएर नगरभर चर्चा बटुल्दै छन् ।
काे काे ले कति मत पाए ?
अध्यक्षमा सुर्य नारायण यादव ६ सय ६४ मत, प्रथम उपाध्यक्षमा राकेश कुमार पुर्वे ६ सय ७३ मत , द्वितीय उपाध्यक्षमा रमेश कुमार महताे ६ सय ५६ मत, महासचिव दिनेश कुमार यादवले ६ सय १० मत, सचिव संजय कुमार यादवले ६ सय ३५ मत, काेषाध्यक्षमा राेशन कुमार साहले ६ सय ८७ मत, सदस्यमा कपिल देव यादवले ६ सय ९ मत ,संजय चाैधरी ६ सय १२ मत, प्रमाेद कुमार साह ६ सय १६ मत, राकेश यादव ६ सय १९ मत र लाेकेन्द्र प्रसाद महताेले ६ सय २२ मत ल्याउनुभयाे ।
यता, महिला सदस्यमा शिव कुमारी देवी साहले ६ सय ३३ मत र नैन कुमारी पासमानले ६ सय ४४ मत ल्याएकी छिन् ।