विन्दे यादव
सुखीपुर (सिरहा) / केही दिनको अविरल बर्षाका कारण सुखीपुरको करिव सयौ विग्हा क्षेत्रफलको धान खेतीमा क्षति पुगेको छ ।
गागैंन खोला र बाबुरामामा आएको वाढीका कारण जग्गा कटान भई सुखीपुर नगरपालिकाको वडा नम्बर ४,५ , ८, १० र औरही गाउँपालिकाको २ वटा वडाको खेती योग्य जग्गा क्षति पुगेको नगरपालिका कृषि शाखाले जनाएको छ ।
सबैभन्दा बढी सुखीपुर नगरपालिका वडा नम्वर ८ र १० जोड्ने गागैन खोलाले सयौं विग्हा जोखिममा रहेको कृषि शाखा सुखीपुरले जानकारी गराएको छ ।
अविरल वर्षाले ‘सयौं किसानहरुको खेति नष्ट भएको छ,’ । ‘कुलो भत्केर भल पसेर जग्गा कटान गरेको छ ।’ रोपने बेलामा पानीको लागि तराहिमाम किसानले मोटरको पानीले रोपाई गरेको अढाई महिना पछि अविरल वर्षा भएपछि पानी पसेर खेती नष्ट हुन थालेपछि किसानहरु चिन्तित भएको स्थानीय पत्रकार ओम प्रकाश गुप्ताले जानकारी गराउनुभयो ।
‘ क्षतिको विवरण संकलन गर्दैछौ, रिपोर्ट तयार गरेर विपदको बैठकमा पेश गर्छाै अनि बल्ल राहतको काम अघि बढ्छ,’ सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवले बताउनुभयो ।
सिरहाको कमला नदी , बलान नदी लगायतमा नदीहरुमा पनि पानीको सतह अत्यधिक बढेको जानकारीमा आएको छ । नदी आएको बढी सतह भन्दा बढी पानी आएकोले नदी आसपासका गाउँका जनसमुदायलाई सतर्क रहन सरकारले सार्वजिक सुचना मार्फत जानकारी गराएको छ ।