राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) / मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसंग्रह ‘खुला आकाशमुनि’ लोकार्पण भएकाे छ।
नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाकाे आयाेजनामा विराटनगर स्थित रुविन ईन हाेटलमा शनिवार आयोजित एक विशेष समारोहबीच लाेकाअर्पण कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाका अध्यक्ष बाबुराम पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठान सदस्य सचिव प्राज्ञ डा. धन प्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, वरिष्ठ मुक्तककार, गीतकार तथा कलाकार रमेश पौडेल, अग्रज साहित्यकार बलराम पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल लगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयाे ।
पुस्तकमा मुक्तककार नानुमैयाले आफूले बाँचेको परिवेश, देशकाे राजनिती , समाजकाे चित्रणलाई सुन्दर एवम् सजीव चित्रण गर्नुभएकी छिन् ।
लोकार्पण कृतिमाथि समालोचक हरि कट्टेलले समीक्षा गर्नुभयाे ।
वहाँले मुक्तकसंग्रहले राजनैतिक, सामाजिक, आर्थिक, पारिवारिक विषयवस्तुलाई सशक्त रुपमा उठाएको बताउनुभयाे ।
सो अवसरमा साहित्यकार तीला लेकाली, विनोद विवश, रोहिणी रसिक, मञ्जु घिमिरे दाहाल, स्वीकृति रेग्मी, लक्ष्मी रायमाझी, मञ्जुश्री गिरी, प्रिन्स प्रमोदकुमार ढकाल, मदन भण्डारी लगायतले लाेकाअर्पण भएको संग्रहभित्रका मुक्तक वाचन गर्नुभएका थिए ।
मुक्तक प्रतिष्ठान कोशी प्रदेशले प्रकाशित गरेको संग्रहमा १५२ वटा मुक्तक रहेका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्लो समय मुक्तक लेखनतर्फ स्रष्टाहरूको आक्रमण बढ्दै गएको बताउनुभयाे ।
छोटो समयमा लेख्न र पढ्न सकिने भएकाले मुक्तकको लोकप्रियता बढ्दै गएको वहाँहरूको भनाइ थियो ।
प्रतिष्ठानले दाहालको ‘खुल्ला आकाशमुनि’सहित ११ वटा संग्रह प्रकाशित गरिसकेको संस्थाका अध्यक्ष बाबुराम पोखरेलले जानकारी दिनुभयाे ।