मनिषा मण्डल
सुखीपुर ( सिरहा) / एकिकृत पाठ्यक्रम( कक्षा १-३) सम्बन्धि कस्टमाइज तालिम सुखीपुरमा सम्पन्न भएको छ ।
दुई दिने संञ्चालन भएको उक्त तालिम बुधवार समापन गरिएको हो ।
सुखीपुर नगरपालिकाकाे आयोजनामा भएकाे तालिममा पालिकाका २४ वटा विद्यालयका प्रधानाध्यकहरुका लागी एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम दिने उदेश्यले उक्त तालिमको आयोजना गरिएको थियो ।
प्रधानाध्यापकहरुलाई एकीकृत पाठ्यक्रममा आधारित रहेर अध्यापन गराउने, बालबालिकाको पढाईप्रति लगाव बढाउने, उनीहरुमा पढ्ने बानीको विकास गर्ने, ग्रेटसिट निर्माण गर्ने लगाएतका विभिन्न विषयहरुमा सक्षम बनाउनका लागी तालिमले ठुलो भुमिका खेलेकाे प्रशिक्षक देव नारायण यादव ( डिएन यादव) ले जानकारी गराउनुभयाे ।
प्रशिक्षक यादवले एकीकृत पाठ्यक्रमलाई विद्यालयमा लागु गर्नका लागी सबै प्रधानाध्यापकहरूले महत्वपूर्ण भुमिका खेल्ने छ । परिवर्तन गर्नु पर्ने कुराहरु थुप्रै भएपनि तत्काल सबैभन्दा पहिला सुधार गर्नु पर्ने कुराहरू पत्ता लगाएर ति विषयहरुको सुधार कसरी गर्ने लगायतकाे क्रियाकलाप माध्यमबाट प्रशिक्षण दिनुभएकाे छ ।
एकीकृत पाठ्यक्रम बालबालिकाको सिकाइका लागी प्रभावकारी रहेका कारण सुखीपुर नगरपालिकामा रहेका विद्यालयहरुमा आउने नयाँ शैक्षिक सत्रबाट विद्यालयमा लागु गर्ने सुखीपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख भराेषी यादवले जानकारी गराउनुभयो ।
वहाँले थप्दै भन्नुभयाे “यसले बालबालिकाहरुकमा सिकाईलाई प्रभावकारी बनाउनुका साथै प्रधानाध्यापकहरुलाई पठनपाठनका लागी समेत पृष्ठपोषण प्रदान गरेकाे छ ।