रोयाण्टर मण्डल
लहान (सिरहा) / स्थानीय तहहरूले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र अनिवार्य ल्याउनुपर्ने प्रावधान भएको कारण सिरहाका एक दर्जन भन्दा बढी पालिका सोमवार पालिका सभा सम्पन्न गरेका छन् ।

सिरहाका केही पालिकाहरु असार १० गते भन्दा पहिले सम्पन्न गरेता पनि हिजो सोमवार सभाको अन्तिम दिनमा अधिकांश पालिकाहरुले सपन्न गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने हुन्छ । सोही व्यवस्था अनुसार आफ्नो एक वर्षे आय व्ययको विवरण गाउँ वा नगरसभामार्फत सार्वजनिक गर्नुपर्ने हुन्छ ।

स्थानीय तहका प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टेकेर उपप्रमुखले आर्थिक वर्षको बजेट ल्याउने प्रावधान रहेता पनि सिरहा जिल्लाका अधिकांश ठाउँपालिका अध्यक्ष नै बजेट तथा निती प्रस्तुत गरेका छन् । त्यस कार्यप्रति कति पालिकाका उप प्रमुख तथा उपाध्यक्षहरुको नगर प्रमुख र गाउँपालिका अध्यक्ष माथि असन्तुष्ट देखिएको छ ।

कतै उप प्रमुख तथा उपाध्यक्ष बाध्यताले पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकेन् । किनकी कति उप प्रमुख तथा उपाध्यक्षहरुले आफनो  हस्ताक्षर बाहेक केही पढ्न लेखन नसिकेको बाध्यताले पनि होला तर जुन पालिकाको उप प्रमुख तथा उपाध्यक्षले पढ्न लेखन जान्दा पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिदाँ दुखित भएका छन् । कति ठाउँमा विरोध पनि गरे तर कति ठाउँमा बाध्यताले विरोध नगरेको बताउनुभयो ।
असार १० गतेको समयभित्र बजेट सार्वजनिक गरेका पालिकाहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, लक्षित वर्गको उत्थानलाई मुख्य प्राथमिकतामा राख्दै बजेट ल्याएको जनाएका छन् ।

सिरहामा ६ नगरपालिका र ११ गाउँपालिका गरी १७ वटा स्थानीय तह छन् । तीमध्ये सबैभन्दा धेरै लहान नगरपालिकाले १ अर्ब २३ करोड १ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

आईतवार गरिएको  लहान नगरपालिकाकाले नगरसभामा नगरपालिकाका नगर प्रमुख महेश चौधरीले आर्थिक वर्ष २०८१ ÷०८२ को लागि १ अर्ब २३ करोड १ लाख ९२ हजार रुपैयाँका बजेट बिनियोजन गरेको जनाएका छन् ।

नगर प्रमुख चौधरीका अनुसार आगामी आवमा चालु खर्च ६५ करोड ७६ लाख ४२ हजार, पुँजीगत खर्च ५७ करोड २५ लाख ५० हजार विनियोजन भएको छ ।

यस आवमा लहान नगरपालिकाले स्रोत जुटाउन आन्तिरिक श्रोतबाट ११ करोड , गत आव बाकी रकम ११ करोड , नगद अ.ल्या. तर्फ १४ करोड ५२ लाख ३९ हजार , समानिकरण अनुदान संधीयतर्फ २० करोड ५३ लाख मात्र र प्रदेश समानिकरण तर्फ रकम रु.१,५६,२६,०००।०० (१ करोड ५६ लाख २६ हजार समेत गरी २२ करोड ९ लाख २६ हजार, सशर्त अनुदान संधीय चालुतर्फ ३९ करोड ७५ लाख , सशर्त अनुदान संघीय पूँजीगततर्फ ४ करोड ९४ लाख , सशर्त अनुदान प्रदेश पुँजीगत तर्फ ९५ लाख, विशेष अनुदान संघीय पूँजीगत तर्फ ३ करोड , विशेष अनुदान प्रदेश पुँजीगततर्फ रकम ३० लाख, संघीय समपुरक अनुदान पूँजीगत तर्फ १ करोड, प्रदेश समपुरक अनुदान पूँजीगत तर्फ २० लाख र संघिय राजस्व बाँडफाँडतर्फ १७ करोड ६० लाख , प्रदेश राजस्व बाँडफाँडतर्फ २ करोड ५० लाख , मालपोत रजिष्ट्रेसनबाट  रकम ४ करोड र सडक बोर्ड अनुदान १ करोड समेत गरी जम्मा रकम १ अरब २३ करोड १ लाख ९२ हजार मात्र रहेको नगर प्रमुख महेश चौधरीले जानकारी दिनुभयो ।

हिजो असार १० गते बरियारपट्टी गाउँपालिकाकाले  ४० करोड ३६ लाख  ३९ हजार को बजेट ल्याएको छ ।
त्यस्तै, हामी पुगेका पालिकाहरु  सुखीपुर नगरपालिका, नवराजपुर गाउँपालिका, भगवानपुर गाउँपालिका र सखुवानन्कारकट्टी गाउँपालिकाले के कति वजेट प्रस्तुत गरेको छ । त्यो बुक उपलब्ध नभएको तथ्यांक राख्न राख्न् सकेनौ ।

सुखीपुर नगरपालिका र नवराजपुर गाउँपालिकामा समान्य विवादको बाबजुद पनि बुहमतले सभा सम्पन्न भएको छ भने लहान, बरियारपट्टी, भगवान र सखुवानन्कारकट्टीमा सर्व सहमतीमा सभा सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर