मनिषा कुमारी मण्डल
बरियारपट्टी / सिरहाको बरियारपट्टी गाउँपालिका ३ स्थितको एक विद्यालयमा प्राविधिकधार अन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ।

श्री जनता माध्यमिक (प्राविधिकधार) माध्यमिक विद्यालयमा व्यावसायिक कृषि क्षेत्रमा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको यस विषयमा रुची देखिएको छ ।

विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई कृषिमा आधारित शिक्षा प्रदान गर्दै आएको छ।

हामीले विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन लगायतका सामग्री उपलब्ध गराउँछौँ’, प्रधानाध्यापक बिरवल यादव भने, ‘विद्यार्थीहरुलाई विधालयमा विधार्थीहरुद्वारा गराएकाे धान खेतीबाट उत्पादित कलाधान कलाभात नामकाे बीउ विधार्थीहरुलाई आ आफनाे खेतमा लगाउनका लागि बीउ समेत उपलब्ध गराएकाे छ । ‘

विद्यार्थीहरुको धेरै समय कक्षाकोठामा भन्दा खेतबारीमै बित्ने गरेको छ। उनीहरुले विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर अभिभावकलाई सिकाउछन् । परम्परागत खेती गर्दै आएका अभिभावक पनि आफ्ना छोराछोरीले सिकेको ज्ञान खेतबारीमा लगानी गर्न सकेकामा खुसी छन्।

‘घरका सबैले पुरानै तरिकाबाट कृषि गर्दै आएका थियौँ, खेतबारीमा दिनै फाल्दासमेत तरकारी खेतीबाट कुनै पनि आम्दानी हुन सकेको थिएन’, एक अभिभावकले भने, ‘उही निर्वाहमुखी खेती भइरहेको थियो, एक वर्षअघिदेखि छाेरी विद्यालयमा सिके अनुसारले खेती गर्न थालेका छौँ, उत्पादन पनि बढेको छ, धेरथोर बजारमा पनि बिक्री गर्न थालेका छौँ ।’

विधालयमा ग्रिन हाउस, तरकारी खेती , उन्नत जात धानकाे बीउ उत्पादन, माटाे परीक्षण लगायतकाे विषयमा अभ्यास समेत गराउदै आएकाे छ ।

विधालयकाे गुणस्तर पढाईकाे कारण निजी विधालयहरुमा विधार्थी घटने गरेकाे छ भने विधालयमा विधार्थीकाे चाप बढेकाेले कक्षामा सेक्शन छुट्याएर पढाउदै आएकाे छ ।

विधालयका प्रधानाध्यापक यादवले समेत घण्टी लिने गरेकाे छ । आफै पढाएपछि विधार्थी र शिक्षककाे कमी कमजाेरी थहा पाएपछि समाधान गर्न सजिलाे हुने गरेकाेले आफू घण्टी लिने गरेका  प्र.अ. यादवले बताए ।

विधालयमा अहिले कक्षा १ देखि १० सम्म र प्राविधिकधार विधार्थीकाे संख्या समेत गरि १ हजार ३ सय विधार्थी अध्यनरत रहेकाे छ ।

यस विधालयमा विधार्थी र शिक्षकहरुकाे निगरानीका लागि सिसिटी राखेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर