राेयाण्टर मण्डल
सिरहा । सिरहामा स्थानीय निकायहरुसंग सुचना मांग गर्ने सुचना अभियानीहरुले सुचना पाएपनि सुचना लुकाएर लेनदेनमा कुरा मिलाउने गरेकाे छ ।
सुचना पाएपछि संचारकर्मी मार्फत सुचनामा रहेका कमी कमजोरी संचार माध्यम मार्फत सार्वजनिकगरी गराउनु पर्ने भएता पनि सुचना अभियानीहरु वार्गेनिंक गरि रहेकाे खुलासा भएकाे हाे ।
सार्वजनिक निकायले सम्पादन गरेका तर कानुन बमोजिम गोप्य राख्नुपर्ने बाहेकका सार्वजनिक सरोकार र चासोका गतिविधिको विषयमा जानकारी पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो तर सिरहाका अभियानीहरु मांग गरेकाे सुचना लुकाएर मलामाल हुने गरेकाे नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष गणेश साहले आराेप लगाउनुभयाे ।
नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हकको ग्यारेन्टी गरेको छ ।
सूचना अधिकारी र प्रवक्ताले नागरिकलाई सूचना दिने नभई सूचनाहरू लुकाउने गर्दै आएका छन् तर सुचना पाएका अभियानीहरुसुचना संचार माध्यममा नल्याएकाे जनगुनासाे रहेकाे छ ।