
विनोद मण्डल
लहान / लहान सिटी जेसिज अध्यक्ष उमेश कुमार यादवले पद पाए देखि समाजिक कार्य परिवर्तन मुखी कार्यक्रमहरु गर्दै आएपछि अहिले वहाँकाे चर्चा व्यापक हुँदैछ ।
वहाँले पुस महिनामन प्यानल निर्वाचित भए देखि नि: शुल्क स्वास्थ्य शिविर , लागुु औषध सम्बन्धि सचेतना प्रत्येक महिना, सवारी नियम, सम्बन्धि सचेतना प्रत्येक महिना, नि: शुल्क औषधि वितरण, युवाहरुका लागि जिवनमा समय व्यवस्थापन तथा व्यक्तित्व विकासका लागि प्रभावकारी भाषण तालिम लगायत कार्यक्रमहरु गरि वहाँ चर्चा आएकाे हाे ।
बौद्धिक क्षमता भएका नेतृत्वका धनी व्यक्तिगत स्वार्थ भन्दा टाढा रहेर लहानको समाजिक वातावरणमा छोटो समयमा उदाएका यादब सिटी जेसिजको पदमा आसिन भएपछि समाजमा एउटा असल सर्जकको रूपमा आफ्नो भूमिका निभाईरहनु भएको छ ।
समाजमा कहीं स्वास्थय सेवा सम्बन्धी निःशुल्क कार्यक्रम त कहीं निःशुल्क खानेपानी वितरण लगायत सयौ चेतनामूलक सामाजिक कार्यक्रमलाई अगाडि सारेपछि उनलाई यतिबेला लहानमा चर्चित व्यक्तित्वको रूपमा हेर्न थालिएको छ ।
उनीसँग सहयोगको अपेक्षा राख्दै जन चेतनाको लागि कार्यक्रम फलदायी भएको भन्दै आम मानिसको घुइँचो उनको निवासमा लाग्ने गरेको सहजै देख्न सकिन्छ ।
उनी जति प्यारो समाजमा रहेको छ त्यतिनै प्यारो उनी संगठन भित्र पनि रहेको छ ।
उनलाई लहानको सामाजिक सेवाको क्षेत्रमा सकारात्मक नजरले हेर्ने गरिएको छ ।