विनोद मण्डल

लहान / सिरहाको दुर्गम बस्तीको रूपमा परिचित मागन बस्ती बाटो, शिक्षा, स्वास्थ्य , विद्युत आदिबाट बिल्कुल टाढाको बस्तीमा शुद्व पानी  पानी नपाए पछि खाेलाकाे पानी खान बाध्य छ  ।

सलहेस फेदको बस्तीमा बसाेबास गर्ने स्थानिय मानिसहरूले सुख्खा खोलाको बीचमा कुवा खनेर खानेपानी खादै आएको हाे ।

एक गाग्री पानी भर्नका लागि करिब २० मिनेटको पैदल यात्रा पछि कुवामा पुग्दा उक्त गाग्री भर्नका लागि करिब एक घण्टा समय लाग्ने गर्दछ ।

कुवा बीच खोलामा रहेको कारण तातो घाममा बसेर पानी भर्दा पानी तातिने अवस्था समेत रहेको देखिन्छ ।
अत्यन्त कष्टकर जीवन व्यतीत गर्न विवश आम मानिसको खाने पानीको श्रोत गाउँको दक्षिणमा रहेको डाँडाको फेदको सानो कुवा र खोलामा खनेको कुवा नै मुख्य श्रोत रहेको छ ।

गागन बस्तीबाट शिर र पुछारको दुई बाटो प्रयोग गरेर मागन बस्तीमा पुग्न सकिन्छ जहां गोरेटो बाटोको कष्टपूर्ण यात्रा तय गर्नु पर्दछ ।

गाउँको उत्तरमा रहेको बर पिपल यस ठाउँको गहना मानिन्छन् । गाउँको आम मानिसहरूले आराम गर्ने यस ठाउँको पूर्वको डाडाँमा एउटा चर्च समेत रहेको देखिन्छ ।

मकै ,कोदो ,तोरी यहाँका मुख्य बाली मानिन्छन् ।

बस्तीको पछीममा रहेको दनुवार बस्तीमा दनुवारले हलो जोत्नका लागि राखेको गोरु जंगलीजनावरले खाएपछि दनुवार बस्ती विस्थापन भएको थियो ।

शुरू शुरुमा यस ठाउँमा जम्मा जम्मी ७ घर परिवारको बसोबास रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय