विनोद मण्डल

लहान / सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं ११ को नैनपुर स्थित गाउँको पक्षिम्म चौरीमा बनाएको सरकारी भवन उद्घघाटन नहुँदै चिरा पर्न थालेका छन् ।

भवनको चारैतिर वनमारा घारी एकातिर रहेको छ भने अर्कोतिर भवनको भित्री भागमा ठाउँ ठाउँमा चिरा परेको छ ।

भवनको अवस्था जीर्ण भएपछि उक्त ठाउँमा लागू औषध सेवनको अखडाहा बनेको छ । भवन के कति लागतमा बनेको छ,हालसम्म कुनै जानकारी नभएको स्थानियको गुनासो रहेको छ ।

हालसम्म के प्रयोजनको लागि घर बनाएको हो त्यसको बारेमा आम जनताले सूचना पाएको छैन ।
भवनको झ्यालमा लगाइएको सिसा फुटेको अवस्थामा रहेको भए पनि उक्त भवनको भौतिक संरचनाको संरक्षणको लागि निकायले पहल गरेको देखिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर