जनकपुरधाम । मधेश प्रदेशमा अब नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त सरकार बनाउने भएको छ ।
एमालेका केन्द्रीय सदस्य सञ्जिव झा ‘सुरज’ले चारै दलका नेता हात मिलाएको संयुक्त तस्विर सामाजिक सञ्जालमा शेयर गरेका हुन् । उनले लेखेका छन्- अब एमालेको नेतृत्वमा माओवादी, लोसपा र जनमतसहितको नयाँ गठबन्धनको मधेश सरकार बन्ने ।
मधेश प्रदेशमा १०७ सांसद छन् । जसमध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । उनीबाहेक लोसपाका ८, एमालेका २५, माओवादीका ९ र जनमतका १३ जोड्दा ५५ पुग्छ । तर सरकार बनाउन मात्र ५४ साँसद आवश्यक पर्छ ।
सभार : नेपाल प्रेस