राेयाण्टर मण्डल
लहान । जनताकाे दुःख सुखमा साथ रहने अवाज विहिनकाे अवाज बनिदिने पत्रकारहरुमाथी धम्की र जान मार्ने प्रयास भए रहेकाे छ ।

सिरहामा केही महिना यता सिरहामा तीन जना पत्रकारलाई धम्की तथा ज्यान मार्ने प्रयास भएकाे घटना सार्वजनिक भएता पनि सम्बन्धित निकायकाे माैनताले सिरहाकाे पत्रकारिकता शंकटमा गुज्रिरहेकाे छ ।

सिरहा धनगढीमाई १२ विष्णुपुरकट्टी बस्ने पत्रकार विनाेद मण्डल सधै सुत्ने काेठाकाे झ्यालमा अज्ञात समुहले नंगा तार सटगरी करेन्ट प्रवाह गरि दिएकाे थियाे । तर त्याे दिन उक्त काेठामा नसुतेर अन्य काेठामा सुतेपछि जान बाच्न सफल भयाे ।

पत्रकार मण्डलका अनुसार – वैशाख २२ गते शनिवार राति करिब १ बजेको समयमा काठमाण्डौबाट धनगढीमाई १२ विष्णुपुरकट्टी स्थित घरमा आए पछि सधै सुत्दै आएको घरमा जानु अगाडि भान्सा घरमा सामान राखेर फ्यान चलाई बेडमा आरामको लागि बसेपछि आफू आराम गर्दा गर्दै भुसुक्क निदाए पछि राती भान्सा कोठामै सुत्न सुते । भोलि पटक सधै सुत्दै आएको कोठाको ताल्चा खोलेर भित्र प्रवेश गर्दा झ्यालमा विद्युतको तार काटेर झ्यालको रडमा विभिन्न ठाउँहरूमा झुन्ड्याएको अवस्थामा रहनुको साथै झ्यालको पछाडिपट्टी ट्वाइलेटको लागि राखिएको चिम र तारलाई काटेर करेन्ट प्रवाहको थियो । त्याे घटनालाई लिएर जिल्ला प्रशासनमा उजुरी गर्दा पनि हाल सम्म केही अनुसन्धान अगाडि नबढाएकाे प्रति दुखित छु ।

त्यस्तै, गोलबजार नगरपालिका २ बस्ने वरिष्ठ पत्रकार अर्जुन थपलियालाई समाचार लेखेकै निहुमा गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गाेली ठाेकिदने धम्की दिएकाे थियाे ।

पत्रकार थपलियाले अधिकृत केसी विरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिनुभयाे तर उजुरीकाे काम कार्वाही केही भएन् ।

त्यसैगरी , समाचार प्रसारण भएको विषयलाई लिएर कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता विनय यादवलाई प्रहरी नायव निरीक्षक अमित राईले धक्की दिएकाे थियाे ।

सिरहाबाट भारत मदिरा तस्करी सम्बन्धमा कान्तिपुर टेलिभिजनमा समाचार प्रसारण भएपछि पत्रकार यादवलाई ‘चाडै केही गर्ने’ भन्दै सार्वजनिक स्थानमा बसेर यादवलाई धम्की दिए तर हाल सम्म त्यस्ता धम्की दिनेलाई कानुनी कटघारा ल्याउन सकेका छैन् ।

वहाँहरुलाई मात्रै हाेईन यस प्रकारकाे ज्यान मार्ने धम्कीका शिकार सिरहाका क्याै पत्रकारहरु हुदैँछन् । तर सम्बन्धित निकायकाे माैनतनले सिरहामा पत्रकारिकतामा शंकट गुजिरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय