जीवछ यादव

लहान / लहान स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको नाउँमा जग्गा रजिस्ट्रेसन (दर्ता) नहुँदा अस्पतालको स्तरोन्नतिमा समस्या देखिएको छ।

अस्पतालको नाउँमा जति चाँडो जग्गा रजिस्ट्रेसन हुने छ त्यति नै चाँडो अस्पतालको स्तरोन्नतिका लागि भवन निर्माणको कार्य सम्पन्न गरी अस्पतालको सेवा विस्तार गर्न मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ताकिता गर्दै आइरहेको छ तर सो जग्गाको लाभकरवापतको रकम सरकारले. छुट दिन विलम्ब गर्दा रजिस्ट्रेसन हुन सकेको छैन ।

लहानका प्रतिष्ठित उद्योगपति रामकुमार शारडा र उमाप्रसाद मुरारकाको नाउँमा मुरारका र शारडा परिवारबाट २०३७ सालमा अस्पताल निर्माण गरी दान गरिएको एक बिघा १५ क‌ट्ठा जग्गा हालसम्म रजिस्ट्रेसन भएको छैन। मधेश प्रदेश सरकारले त्यस अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेपछि जग्गा रजिस्ट्रेसनका लागि ताकिता गर्दै आइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुनील कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गा रजिस्ट्रेसनका लागि दाताद्वयका तर्फवाट मुरारीलाल मुरारकाले दाताहरूको नाउँमा प्रादेशिक अस्पतालको नामकरण गरिदिए जग्गा रजिस्ट्रेसन गरिदिने सर्त राख्नुभएको थियो।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, तत्कालीन जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री वीरेन्द्रकुमार सिंहले दाताको माग पूरा गरी अस्पतालको नामकरण रामकुमार शारडा उमाप्रसाद प्रादेशिक अस्पताल गरिदिनुभएको थियो । मधेश प्रदेश सरकारले दाताहरूको नामकरण गरेलगत्तै एक बिघा १५ कट्ठा जग्गा रजिस्ट्रेसन

गर्न प्रक्रिया सुरु भयो। रजिस्ट्रेसनका लागि हस्ताक्षर पनि गरियो तर लाभकर लगभग चार करोड रुपियाँ लाग्ने देखिएपछि रजिस्ट्रेसन हुन नसकेको मेसु कुशवाहाले जानकारी दिनुभयो ।

अर्को मूल्यकों जग्गा दाता परिवारले रजिस्ट्रेसन गर्न तयार भएपछि लाग्ने लाभकर सङ्घीय सरकारले मन्त्रीपरिषद्बाट छुटको निर्णय गराएर जग्गा रजिस्ट्रेसन हुनुपर्नेमा त्यसका लागि सकारात्मक पहल हुन नसकेपछि रजिस्ट्रेसन अ‌ड्किएको दाता परिवारका मुरारीलाल मुरारका वताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यो अस्पतालको विकासका लागि दाता शारडा र मुरारकाका परिवार व्यवस्थित रक्तसञ्चार केन्द्रलगायत अन्य विकासका लागि सहयोग गर्न तयार छ । २०३७ सालमा अस्पताल – स्थापना गर्दा सिराहा, सप्तरी र उदयपुरका लागि सेवा प्रवाह गर्दै आइरहेको यो अस्पताल मेडिकल . कलेजसम्म स्तरोन्नति होस् हाम्रो चाहना छ।”

मधेश प्रदेशका जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहले अस्पतालको जग्गा रजिस्ट्रेसनका लागि पहल थालेर अस्पतालको स्तरोन्नति गरी मधेश प्रदेशकै नमुना अस्पताल बनाउन पहल थालिसकेको विश्वास दिलाउनुभयो ।

अस्पताल विकास समिति र मेसु कुशवाहाले समन्वय गरेर जसरी अघि वढ्नुपर्ने हो त्यसरी सक्रियता नदेखाएको समितिका सदस्य रामु महतोले गुनासो गर्नुभयो । उहाँका अनुसार अस्पतालको विकास गर्न मेसु कुशवाहा ११ औं तहमा बढुवा भएर सरुवा भए पनि यस अस्पतालमा १० औं तहमा रहिरहन खोज्नु सोचनीय र गम्भीर विषय छ। अस्पतालमा प्रदेश सरकारले उपलब्ध गराएका उपकरणको अझै पनि प्रयोगमा ल्याउन सकिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर