राेयाण्टर मण्डल
सुखीपुर ( सिरहा ) / नेपाल पत्रकार महासंघ सिरहा शाखाको १४ औं साधारण सभा सम्पन्न भएको छ ।
बुधवार सिरहाकाे लहान स्थित मखन भाेग स्वीट हाउसमा आयाेजित कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहा अध्यक्ष मनाेज बनैताको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि एव सचिव दिपेन्द्र चाैहानको प्रमुख आतिथ्यमा र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केपी लामीछाने ,नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम वनजाराको आतिथ्यमा साधारण सभा भएकाे हाे ।
बुधवार महासंघको साधारण सभामा शुभकामना मन्त्वय दिने क्रममा निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले समाजमा हुने राम्रा र नराम्रा पक्षको उजागर गर्न असल पत्रकार हाे । जाे गरिव र दुखिया पक्ष नबाेल्ने र प्रहरी प्रशासन लगायतका तस्करहरुसंग हैसियत बनाउने चियापान खानेहरु पत्रकार हाेईन । अवाज विहिन जनताकाे बाेली बनिदिने मात्र पत्रकार हाे । पत्रकारले सही रुपमा कलम चलाउन नसके झन विकृति मौलाउने आएकाे छ । पानीको छानेर समाजलाई विसंगति मुक्त बनाउन संचारकर्मीका ठूलो भूमिका रहन्छ। त्यसकारण पत्रकार कतैको पनि पक्षमा नभइ सत्य, तथ्य र निष्पक्ष भएर कलम चलाउनुपर्ने बताउनुभयाे ।
समाज परिवर्तनका संवाहक पत्रकार पनि भएको कारण जिम्मेवारी अनुसार कलम चनाउनु पर्ने नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासंचिव श्याम वनजारा बताउनुभयाे ।
सदस्या सुधिकरणमा काखा पाखा भएकाे छ । यस प्रकारकाे गतिविधिले पत्रकार महासंघ बलियाे नहुने पत्रकार जिवछ उदासी बताउनुभयाे ।
अर्का पत्रकार प्रेस चाैतारी सिरहा जिल्ला अध्यक्ष शिव कुमार साहले ” पत्रकार महासंघले नैतिकता पुर्वक कार्य नगरेकाे भएकाे त्रृटीहरु सच्याउनु पर्ने । सदस्यता नविकरण नभएका कृयाशील पत्रकारहरुकाे सदस्यता नविकरण कसैले राेक्न नसक्ने ठाेकुवा गर्नुभयाे “
कार्यक्रम सभामा सचिव शिव दयाल यादवले सांगठानिक प्रतिबेदन कोषाध्यक्ष विरेन्द्र नेपालले आर्थिक प्रतिबेदन पेश नगरी माैखित रुपमै पेश गर्दा पत्रकारहरु आक्राेशित भएका थिए । तर वहाँहरु प्रतिवेदन ईमेल मार्फत पठाउने भने पछि शान्त पुर्वक कार्यक्रम सम्पन्न भएकाे छ ।