राेयाण्टर मण्डल
सुखीपुर ( सिरहा) / प्रजातन्त्र सेनानी सिरहा जिल्ला अध्यक्ष एवम् नेपाली कांग्रेस पुर्व महाअधिवेशन प्रतिनिधि राम प्रसाद चाैधरी ( रामजानकी) को निधन भएको छ ।

उनको ६९ वर्षको उमेरमा साेमवार विहान ८ बजे निधन भएको हो ।

वहाँ देहान्त भएपछि पुरै गाउँ शाेकमय बनेकाे थियाे । वहाँकाे पार्थिब शरिरलाई लिएर गाउँ परिक्रमा गर्दै गागन खाेलामा दाह संस्कार गरिएकाे छ ।

सिरहा (सुखीपुर गाविस-३) सुखीपुर नगरपालिका–८ निवासी चाैधरी २०४९ देखि २०५३ सालसम्म नेपाली कांग्रेस तत्कालीन सिरहा क्षेत्र नम्बर ३ को सभापति रहेका थिए । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल सजाय भोगेका उनी महाअधिबेशन प्रतिनिधि ४ पटक बन्नुभएकाे हाे ।

२०३६ सालको क्रान्तिका योद्धा तथा जिल्लामा निष्ठावान् राजनीतिज्ञका रुपमा चाैधरी परिचित रहेको नेपाली कांग्रेस पुर्व क्षेत्रीय  सभापति रामचन्द्र यादवले बताउनुभयाे ।

वहाँ भन्नुभयाे-, “विसं २०३५ मा सङ्घसंस्था नियन्त्रण ऐनअन्तर्गत तत्कालीन पञ्चायती सरकारले उहाँलाई गिरफ्तार गरिएको थियोे भने वि. स. २०६२/६३ लाेकतान्त्रिक आन्दाेलनमा पटक पटक थुनुवा पर्नुभएकाे थियो । सुखीपुर नगरपालिका घाेषणा आन्दाेलनमा पनि वहाँका अहम भुमिका रहनुभएकाे थियाे”

उनका एक छोरी छन् । नेपाली कांग्रेस सिरहाका प्रजातन्त्र सेनानी चाैधरीको निधनको नेपाली कांग्रेस लगायतकाका अन्य पार्टीका नेताहरुले पनि समाजिक संजाल मार्फत शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय