रोयाण्टर मण्डल
सिरहा / मिटर ब्याजीको नाममा गुण्डा शैलीमा कसैकाे घर तोडपोड र खेतमा लगाउने गहुँ जलाउने कार्यको विरोधमा साहु पिडित संघर्ष समितिले सिरहाको लहानमा दोषीको कवार्हीको मांग गर्दै आन्दोलनमा उत्रेका छन् ।
मिटर ब्याजीको नाममा साहु घरमा लुटपाट र साहु माथी आक्रमण गर्नेलाई मुदा दर्ताका लागि दबाव दिन आज मंगलवार सिरहाको पशुपति माध्यमिक विद्यालय लहानको प्राङ्खनबाट ¥याली निकाली विरोध प्रदर्शन गर्दै रमेश चौकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोणसभाको सम्बोधन गर्दै साहु पिडित संघर्ष समितिका जिल्ला अध्यक्ष धनेश्वर यादवले “ अहिले केही ठकहरुले मिटर ब्याजीको नाममा साहु र ऋणीसंग लेनदेन गरेर मिलाई दिने भन्दै विभिन्न आरोप लगाउदै आन्दोलन गर्छन् र साहुका घरमा गएर लुटपाट र धम्की त्रास दिने गरेको छ । कानुनी राज्यमा यस प्रकारको धम्की त्रास दिनेहरुलाई कानुनी कर्वाहीको मांग गर्दै र उजुरी परेकाहरुलाई तत्काल मुदा दर्तागरी कवार्ही प्रक्रिया अगाडी बढाउनुको साटो मुदा दर्तामा अनाकानी गरि रहेको छ ” ।
बैमान ऋणीहरुले पैसा लिने बेलामा विभिन्न प्रकारको दुःख देखाएर ऋण लिन्छन् । तिर्ने बेलामा सोही साहु बैमान हुने गरेको आरोप लगाउने गरेको कतिको उचित रहेको छ । कति ऋणीहरुले १० प्रतिशत दिने प्रशासनमा सम्झौता भए अनुसार त्यो रुपैया पनि हालसम्म साहुहरुलाई नदिएको र मिटर ब्याजी पिडितको नाममा मात्र मुदा उठाउदै आएको र साहुका रकम दिलाउन असमर्थ देखिएको छ । अहिले कति साहुको बैंकको ऋणका कारण घर जग्गा लिलामी हुने साहु पिडित संघर्ष समितिका लहान नगर अध्यक्ष सुर्य नाथ साहले गरेको दुखेसो पोख्नुभयो ।







