रोयाण्टर मण्डल
लहान / आफनै ५ वर्षिय अबोध बालक (आफनौ छोरा) लाई आफनै आमाले हत्या गरेको खबर सुन्दा जो कोहीलाई आश्चर्य चकिंत बनाउन सक्छ तर सिरहाको लहानमा यस प्रकार घटना सार्वजानिक भएको छ ।
लहानको पशुपति माध्यमिक विधालयको जग्गामा कोठा भाडा लिई बस्दै आईरहेकी साह थर भएकीले छोरालाई हत्या गरेको आरोपमा पक्राउ परेकी हुन् ।
त्यसैगरी,समयमा जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नम्बर ३ जनक चौक स्थितमा रहेको बन्दीपुरे होटलमा लागूऔषध कारोबार भए रहेको सुचना पाएपछि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटीएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा २ जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा जिल्ला सिरहा बिष्णुपुर गाउँपालिका वडा नम्बर .३ बस्ने बर्ष २६ को बिने कुमार यादव र .मिर्चैया नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष २८ को मनिष प्रसाद यादव रहेको छ ।
उनीहरु भडा लिएको कोठा भित्र चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने ४.९ ग्राम लसिलो पदार्थ वरामद भएको छ । थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय मिर्चैया राखिएको छ भने स ११ प २९१३ नं.को मोटरसाईकल समेत बरामद गरिएकाे प्रहरी जनाएको छ ।