जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रहरीका अनुसार महिला विवाहित हुन् भने युवक अविवाहित ।

होटलको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू एकसाथ झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । मृतकहरूमा लोहारपट्टी नगरपालिका-४ महोत्तरीकी २५ वर्षीया प्रियंका कापर र पिपरा गाउँपालिका-३ महोत्तरी ३१ वर्षीय हितेन्द्र पासवान छन् । प्रियंकाको माइत पीपरा हो ।

उनका अनुसार ती महिला छोरीलाई लिएर युवकसँग ३-४ दिनदेखि होटलमा बसिरहेकी थिइन् ।

सभार : नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय