आरके श्रीवास्तव/क्षितिज विश्वकमां
मधेस । सलांहीसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्न चालेको छ।
विहान र बेलुका मौसम सामान्य रहे पनि दिउँसो टन्टलापुर घाम लाग्ने गरेको छ । तीन दिनदेखि तातो हावा चल्न थालेपछि सर्वसाधारण समस्यामा पर्न थालेका छन् ।
गहुँ काट्ने, चन्क्याउने र खेतमा भएको भुस्सा, इंडो डढाउने बेलामा चकों धामसँगै अत्यधिक गर्मीले किसान प्रभावित भएका छन्। गमर्मीका कारण जिल्लाका मुख्य बजारहरूमा समेत चहलपहल कम हुन थालेको छ। चर्को घाम र गर्मीका कारण लालबन्दी, हरिवन, बागमती, बरहथवा, मलंगवा, बयलवास, हरिपुर, गोडैता लगायतका बजारमा ग्राहक तथा विक्रेताको आवतजावत पातलिएको स्थानीय व्यापारीहरू बताउँछन् ।
गमी बढेसँगै जिल्लामा विजुली कट्ने समस्या पनि बहिरहेको छ। जिल्ला सदरमुकाम मलंगवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा शनिबारबाट दैनिक ७ घण्टा बत्ती काट्न सुरु गरिएको छ। नवलपुर-मलंगवा ३३ केभी लाइनको पुरानी तार हटाई नयां तार जडानका लागि आगामी २२ गतेसम्मका लागि विहान ७ बजेबाट दिउँसो २ बजेसम्म बत्ती काट्न सुरु गरिएको हो। गमी बढेसँगै बत्ती जाने समस्या हुँदा जनजीवन प्रभावित भएको छ । चको गमर्मीमा यसरी घण्टौ बत्ती काटिंदा स्थानीय प्रभावित बनेका छन्। मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा यसअघि पनि प्रसारण लाइन निर्माण तथा तार फेर्न भन्दै हप्तौंसम्म दिनभर बत्ती काट्न गरिएको थियो। विद्युत् प्रवाहमा अन्य वितरण केन्द्रभन्दा मलंगवा वितरण केन्द्रमै बड़ी समस्या छ। अन्य क्षेत्रको तुलनामा मलंगवा
वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा बढी लापरवाही रहेको ग्राहकहरूले गुनासो गरेका छन्।
अत्यधिक गमर्मी हुन बालेपछि वृद्धवृद्धा र बालबालिकामा समेत विभिन्न खाले समस्या देखिन बालेको छ। गर्मी मौसममा धेरैजसो एलजीको समस्या देखिने चिकित्सकहरू बताउँछन्। साथै तापक्रम बढ्दै जांदा भिन्न किसिमका सरुवा रोग, हेपाटाइटिस रोग, झाडापखालाजस्ता समस्या देखिन सक्छ । तापक्रम बढेसँगै लामखुट्टे पनि बढ्दै जान्छ र लामखुट्टेबाट सर्ने रोगहरू जस्तै डेंगू, हात्तीपाइले लगायतका रोगहरू बढ्ने गरेको छ । दूषित पानी तथा वासी सडेगलेका खाना खाँदा टाइफाइड, हेपाटाइटिस ‘ई’ र ‘ए झाडापखाला, हैजा र आउँजस्ता रोग लाग्छन्। यो मौसममा भिंगा भन्केका, राम्रो सफाइ नभएको ठाउँका खानाले र आफ्नो पनि शरीर वरपरको बातावरणको राम्रो सफाइ नगर्दा यस्ता रोग सर्ने गरेको पाइन्छ ।
यसका साथै यो मौसममा रुघा लाग्ने, खोकी लाग्ने, छालामा डावर देखापर्ने हुनसक्छ । यस्तो बेला सकेसम्म घरमा बनाएका ताजा खानेकुरा मात्रै खान स्वास्थ्यकमीको सल्लाह छ। बजारमा बाहिर राखेर बेचिने खानेकुरा, होटलका खानेकुराहरू खाँदा सचेत हुन चिकित्सकको आग्रह छ।
उनीहरूले चको घाम लागेको समयमा सकेसम्म
घरभित्रै बस्न, प्रशस्त पानी पिउन, शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खान, माहिरी खानेकुरा सकभर नखान सुझाव दिएका छन् । त्यस्तै, दिउँसोको समयमा सडक तथा बजार
सुनसान हुन चालेको छ। जिउ नै पोल्ने रापसहितको तातो पश्चिमा सुक्खा हावाले असजिलो पाने
बालेपछि सर्वसाधारणले मध्याहनमा यात्रा गर्न कम गरिसकेका छन् ।
मुख्यगरी पैदल यात्रुले घरवाट बाहिर निस्कन बन्द नै गरिसकेका छन् भने साइकल तथा मोटरसाइकलमा यात्रा गर्नेको संख्यामा पनि व्यापक कमी आएको छ । दिउँसोको समयमा सार्वजनिक यातायातमा पनि करिब ५० प्रतिशतले यात्रु कम भइसकेको व्यावसायीहरू
बताउँछन् । लामो समयदेखि पानी नपरेकोको जमिन तथा सडक
पूरे सुक्खा छन् । नदी तथा तलाउहरू सुक्न चालेका छन् । माछापालक किसानलाई सुक्खाले निकै अप्ठ्यारो पारिरहेको किसानहरू बताउँछन्। पोखरीको पानी कम भइसकेपछि पानी तातो भएर माछाका भुराहरू मर्ने थालेको किसानहरू बताउँछन्। आकाशे पानी नपरेको तथा तातो पश्चिमा हावा निरन्तर चलिरहेकोले माछा पालेको पोखरीको पानी पनि तीव्र गतिमा सुकिरहेको हुँदा माछापालन निकै महंगो सावित भइरहेको रौतहटका माछापालक किसानहरू बताउँछन्। ठूलो पोखरीमा दिनभर मोटर चलाएर पानी भर्दा पनि माछालाई अपुग भइरहेको किसानहरूको अनुभव रहेको छ ।
तरकारी बाली उत्पादन गर्ने किसानलाई सुक्खाले निकै घाटा बनाएको छ। सबैभन्दा बढी क्षति खुसांनी खेतीमा भएको देखिएको छ। अत्यधिक चकर्को घामले यस वर्ष सप्लांही र रौतहटमा खुर्सानीको उत्पादन खासै हुन नसक्ने किसानहरू बताउँछन् । बेमौसममा जस्तो अत्यधिक ग्राम चर्किएपछि खुर्सानी र तरकारी खेती गर्ने किसानलाई निकै मर्का परेको छ। तरकारी खेतीलाई २-३ दिनमै सिंचाइ गर्नु परिरहेको तथा तरकारी खेतीमा अत्यधिक घाँस उब्जिंदा गोडमेल गर्नु परिरहेकोले खेती महंगो भएको वितीका किसान विरचन साह बताउँछन् । उत्पादनमा खर्च निकै बढेको तथा उत्पादन कम भइरहेकोले तरकारी खेतीबाट किसानलाई नोक्सानी भइरहेको साह बताउँछन् ।
अत्यधिक घाम र सुक्खा हावाले ऑप तथा लिचीको चिचिला निकै झरिरहेको किसानहरूले बताएका छन् । केही दिनसम्म यस्तै मौसम रहे ऑप र लिचिको खेतीमा
व्यापक क्षति पुग्ने किसानहरूको अनुमान छ ।
अत्यधिक धाम चर्केपछि चिसोको विक्री केही बडेको तर अन्य व्यापारमा व्यापक कमी आएको व्यावसायीहरू बताउँछन्। किराना तथा फलफूल र कपडाको व्यापारमा धेरै कमी आएको रौतहट कटहरियाका नसरुदीन अन्सारीले बताएका छन्। अत्यधिक गर्मी चर्केपछि कपडाको बेपारमा करिव ८० प्रतिशतले कमी आएको अन्सारीको दाबी छ। लगनको समय भए पनि बेपार सुस्त भएको अन्सारीको भनाइ छ।