रोयाण्टर मण्डल
सिरहा । सिरहाको फूलवारी मेलामा जो सदियौ देखि बैशाख १ गते हारमको बोटमा फूल फुल्ने गथ्र्यो तर यसपाली फूल नफुलेको देखेर जो कोही आश्चर्य चकिंत भए । फूलको दर्शन गर्न नपाएपछि निराशामै मेला हेरी घर फर्केका थिए तर आज मंगलवार (बैशाख ४ गते) फूल फुलेको खबर पाए स्थानीयहरु खुशी भएका छन् भने दर्शन गर्न जानेहरुको भिड लागि रहेको छ ।
प्रत्येक नयाँ वर्षको दिन मेला लाग्ने सिरहाको लहान नगरपालिका–१२ र २२ को सिमानामा पर्ने सलहेश फूलबारीमा फूल नफुलेपछि चर्चाको विषय बनेको थियो । फूलबारी मेला अब शंकट गुज्रिर्ने कोही भन्दै थियो तर फूलबारी मेलाका पुजारी जितेन्द्र धामीले मलेमासका कारण ढिलो हुन् सक्ने बताउदै आएका थिए । तर तीन दिन पछि फूल फुलेपछि पुजारीको कथन सही सावित भएको छ ।
क्यारेन्डरमा बैशाख १ गते नयाँ वर्ष भएता पनि सदिर्यौ देखि नयाँ वर्षको दिन मात्र फुल्ने फूल आज फूलेकोले प्रकृतिकका अनुसार आज नयाँ वर्ष भएको स्थानीयमा चर्चा चलि भए रहेको छ ।
पहिलो दिन विहानै फूल्छ र साँझ आफै ओइलाउँछ, प्रेमीको बाटो हेरेर बसेकी प्रेमीका आफ्नो मायालु नआउने खबरले मुर्झाएझैँ जान्छ । त्यो हारमको फूल आफै निकै प्राचीन छ । त्यसमा बेरिने फूलको कथा उस्तै पुरानो हो । नौ बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटकीय सलहेश फूलबारी क्षेत्र लहान बजारदेखि चार किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।
सहलेश मन्दिरका पुजारी धामीका अनुसार १४ औँ शताब्दीका राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरुप प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको हो । यहाँ नयाँ वर्षको एक दिनमात्र हारमको रुखमा सुनाखरी फुल्ने र सोही दिन साँझ परेसँगै ओइलाउने किंवदन्ती छ । त्यही फूल हेर्न तथा मन्दिरमा पूजापाठ गर्न धार्मिक पर्यटक आउने गर्छन् ।
सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तान प्राप्ति, चर्मरोग, कुष्ठरोगलगायतका समस्या हरण हुने जनविश्वास रहेको छ ।
मेलामा बिषेशगरी भारत बिहारका ,पश्चिम बंगाल ,नेपाल को सिरहा ,सप्तरी ,उदयपुर,धनुषा ,महोतरी,बारा,पर्सा लगायत ठाउँहरुबाट हजारौं लाखौं का संख्यामा भक्तजनहरु मेलाका दिन आउने गर्द्छ्न ।





