
सुखीपुर / सिरहाकाे सुखीपुर लगायत मिथिलाञ्चलभर आज चैती छठ पर्व मनाइँदै छ ।
सिरहाकाे सुखीपुर स्थित रामजानकी मन्दिर पाेखरीमा प्रत्येक वर्ष महाेत्सवकाे रुपमा मनाईदै आएकाे छ ।
सुखीपुर चैती छठ महाेत्सवबाट भएकाे आम्दानी आधा पाेखरी घाट निर्माण गरेपछि सुखीपुर नगरपालिका र प्रदेश सरकारकाे सहयाेगमा पुर्ण रुपमा चारै तर्फ घाट निर्माण सम्पन्न भएकाे चैती छठ महाेत्सव सुखीपुरका अध्यक्ष महेश साहले जानकारी गराउनुभयाे ।
छठ महाेत्सवमा नि:शुल्क चिया स्टल, नि: पानी
स्थल, नि: शुल्क औषधि वितरण, सास्कृतिक कार्यक्रम र रातभर जाग्रामका लागि टेण्टकाे व्यवस्थापन गरिएकाे छ ।
चैती छठको मूल विधि आज आईतवार अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि सोमबार बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ ।
सुखीपुरकाे रामजानकी पाेखरी र जनकपुरको गंगासागर, अर्गजासर लगायत मिथिलाञ्चलभर यो पर्व धुमधामको साथ मनाउने गरिन्छ । यसपटक पनि चैती
छठको लागि घाटहरु दुल्ही झै सजाइएको छ । चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।
चारदिनसम्म मअत्यन्त नियम निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।
आज सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखिनै ब्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठी माताको ध्यान गर्दै दिनानाथलाई अर्घ्य दिने गर्दछन् । अर्घ्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लगायतका सामग्री प्रसादको रुपमा चढाइन्छ ।
ब्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन हुने चलन छ ।कात्तिकमा मनाइने छठ पर्व जतिको उल्लेख्य संख्यमा चैती छठपर्व मनाउनेको नभए भएपनि बर्सेनि संख्या बढ्दै गएको छ ।