उप प्रधानमन्त्री महासेठ र प्रदेश स्वास्थ्य मन्त्री सिंहद्वारा समुद्घाटन

रोयाण्टर मण्डल
सुखीपुुर (सिरहा) / उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुुधन सिंहले लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सवको उद्घाटन गरेका छन् ।

जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको महोत्सव लहानको पशुपति माध्यमिक विद्यालय लहान मटिर्वाको प्राङ्घनमा बनेको महोत्सव स्थललाई उप प्रधानमन्त्री महासेठ र मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंहले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा जिल्ला उद्योग वाणिज्य महासंघ लहानका अध्यक्ष विकास सारडाले समृद्धिको अधार कृषि, पर्यटन उद्योग र व्यापार मुल नाराका साथ शुरु भएको लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

बैशाख १० गते सम्म सञ्चालन हुने महोत्सवलाई मधेश प्रदेश अन्तराष्ट्रिय पर्यटन, कृषि तथा औद्योगिक व्यापार विकास गर्ने अपेक्षाका साथ सञ्चालन गरिएको हो ।

महोत्सव मूल आयोजक समिति संयोजक एवं जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष सारडाका अनुसार महोत्सवमा १२९ स्टल जस मध्य १० स्टल बगंलादेश, पाकिस्तान , भारत ब्यपारीको लागि राखिएको  बताए ।

सुरु भएको महोत्सवमा विभिन्न जातजातिका झाँकी, स्थानीय कला–संस्कृति, कृषि उत्पादतनलगायत प्रदर्शनीमा राखिएको छ । महोत्सवमा मधेश प्रदेशका स्थानीय खानका सामग्री ( कोदोको रोटी, घोघी लगायतका ) र अन्तराष्ट्रिय र स्थानीय उत्पादन बिक्री–वितरणका लागि राखिएको छ ।

मनोरंजनका लागि देश विदेशका कलाकारहरुबाट मनोरंजन गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय