मुकेश यादव

बरियारपट्टी / सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर २ स्थित  त्रिशूला नदि छेउमा  रहेको पोखरीमा गए राति अज्ञात व्यक्तिले विषादी हाल्दा  लाखौं रुपैयाँ बराबरकाे माछा नष्ट भएको छ ।

गाउँका आफ्ना बिरोधीले पोखरीमा विष हालिदिएर माछा मारिदिएपछि मेरो ठुलो आर्थिक छति भएको पाेखरीका ठेक्केदार दिनेश मुखिया दुखेसो पाेख्नुभयाे ।

पाेखरीमा विषादी हालिदिँदा विभिन्न जातका  माछा नष्ट भएको हो । विषादी हाल्ने व्यक्तिको व्यापक खोजी भइरहेको ईलाका प्रहरी कार्यालय वरियारपट्टीको प्रमुख संजिव साहले जानकारी गराउनुभयाे ।

घटना जानकारी भए लगतै प्रहरी  दटोलि विषादी हालेको पोखरी सिरिपुर पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर