सिरहा । आइएमई मनी ट्रान्सफरका लागि सिरहा बजारबाट विष्णुपुर लगिरहेको रकम एक व्यक्तिबाट हतियारधारी लुटेराले लुटेका छन् ।

स‍. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित विष्णुपुर जाने क्रममा पुरुषोत्तम यादवलाई सिरहा नगरपालिका ८ मा भारतीय मोटरसाइकलमा रहेका दुई लुटेराले हतियार देखाएर रकम लुटेका हुन् । लुटेरा चढेको भारतीय मोटरसाइकलको नम्बर खुलेको छैन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले यादवबाट १५ लाख ५० हजार नगद, मोवाइल र बैंकको खाली चेक लुटेको जानकारी दिए । उनले लुटेरा भारततर्फ भाग्न सक्ने भन्दै सबै नाकामा चेकजाँचमा कडाई गरेको बताए ।

विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले मनी ट्रान्सफर संचालन गरेका छन् । सोही मनी ट्रान्सफरका लागि पुरुषोत्तमले बैंकबाट झिकेर रकम लग्दै थिए ।

 

सभार : टुडे खाेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय