राेयाण्टर मण्डल
सुखीपुर ( सिरहा) / शांतिकुंज हरिद्वारकाे तत्वावधानमा सिरहाकाे सुखीपुरमा पाँच दिवसीय गायत्री महायज्ञकाे आज पहिलाे दिन विशाल कलश यात्राबाट शुरुवात भएकाे छ ।
सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित राम जानकी जनता बहुमुखी क्याम्पसकाे प्रांगनमा बनाएकाे यज्ञ मंडपबाट विशाल कलश यात्रा निकालिएकाे छ ।
कलश यात्रा सुखीपुर बजारकाे परिक्रमा गर्दै सुखीपुरकाे पश्चिम स्थित गागैन नदी पुगी मंत्रोच्चारणगरी कलशमा जल भरी पुनः यज्ञ मंडपमा पुगेर कलश यात्रा सम्पन्न भएकाे हाे ।
शांतिकुंजबाट टोली नायक जय प्रकाश वर्माकाे नेतृत्वमा आएका वक्ता र धर्मका जानकारहरुकाे उपस्थिति रहेका छन् ।
आज बुधबार चैत २१ देखि २५ गते सम्म २४ कुंडीय गायत्री महायज्ञमा हाेमजाप, याेग, युग संगीत ,कथा प्रवचन लगायतका कार्यक्रमहरु हुने यज्ञका पुजारी चन्देश्वर कामैतले बताउनुभयाे ।
गायत्री यज्ञको समितिकाे अध्यक्ष बिजय प्रसाद गुप्ता, उपाध्यक्ष महेश कुमार साह, कोषाध्यक्ष नारायण महतो, सचिव राकेश पुर्बे, सह सचिव ओम प्रकाश गुप्ता लगायतकाे रहेकाे आयाेजकले जानकारी गराउनुभयाे ।