विनोद मण्डल
लहान / सिरहाकाे विभिन्न परीक्षा केन्द्रहरुबाट प्रश्न पत्रको गोपनीयता भंग गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं.३ बरियारपट्टीमा रहेको श्री ज.मा.बि. बरियारपट्टीमा कार्यरत रहेका शिक्षक लालबाबु यादवले सोही बिधालयमा S.E.E. परिक्षामा गार्डको रुपमा खटि परिक्षा संचालन भईरहेको अबस्थामा आफ्नै मोबाईलबाट प्रश्नपत्रको गोपनियता भंग गरीरहेको अवस्थामा सुरक्षार्थ खटीएको प्रहरी टोलीले उनलाई मोवाईल सहित नियन्त्रणमा लिएको थियो ।
त्यस्तै बरियारपट्टी गाउँपालिका वडा नं. ५ मा रहेको श्री जनता मा.बि.झिझौल कजरामा S.E.E. परीक्षा संचालन भैरहेको अवस्थामा सन्तोष कुमार राम र रमेश कुमार यादवले परीक्षा केन्द्र बाहिर मोवाईलबाट प्रश्नपत्रको गोपनियता भंग गरिरहेको अवस्थामा सुरक्षार्थ खटिएको प्रहरी टोलिले दुबै जनालाई मोवाईल सहित नियन्त्रणमा लिएको थियो ।
पक्राऊ गरिएका सबैलाई जनालाई आवस्यक कानुनी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।