विरेन्द्र नेपाल
लहान / सिरहामा एसईईका नक्कली परीक्षार्थी सहित १ सय २१ थान माेवाईल बरामद गरेका छन् ।
मिचैया नगरपालिका वडा नं.१ स्थित श्री शारदा मा.बि. रामपुरबिर्तामा भाइको सट्टामा परीक्षा दिन बसेका कर्जन्हा नगरपालिका वडा नम्वर ५ बस्ने बर्ष १६ को अर्जुन महरा पक्राउ परेका हुन् ।
सिरहा प्रहरीका अनुसार जन सेवा मा.बि. कर्जन्हाको (सिम्बोल नं ०१६०२०७३ E) को परीक्षार्थी अभिषेक महराको सट्टामा आज नेपाली विषयकाे परीक्षा दिदै गरेकाे बखतमा पक्राउ परेका हुन् ।
पक्राउ परेका महरालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मिर्चैयामा थप अनुसन्धान कार्य भइरहेको छ ।
त्यसैगरी , बरियारपट्टी गाउँपालिका वडा नम्वर ५ स्थितमा रहेको श्री जनता मा.बि. झिझौल कजरा एसइई परीक्षा केन्द्रमा साेही गापा वडा नम्वर २ बस्ने बर्ष १५ को बिकास कुमार रायलाई परीक्षा केन्द्र बाहिर बसी मोबाईलबाट प्रश्न पत्रको गोपनियता भंग गरी रहेको अवस्थामा प्रहरी चौकी जानकीनगरबाट सुरक्षार्थ खटिएका प्रहरी टोलिले नियन्त्रणमा लिएकाे छ ।
परीक्षाको आचार संहिता एवं मर्यादा विपरीत कार्य गर्ने १ जान परीक्षार्थीलाई सुरक्षार्थ खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिनुका साथै जिल्ला प्रशासन कार्यालय सिरहाबाट खटिएको परीक्षा अनुगमन टोलिले विभिन्न परीक्षा केन्द्रका परीक्षार्थीहरुको साथबाट १२१ (एक सय एक्काइस) थान मोबाईल नियन्त्रणमा लिई अन्य २ जना परीक्षा निरीक्षकहरु समेतलाई जिम्मेवारीबाट हटाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारीले जानकारी गराउनुभयाे ।