राेयाण्टर मण्डल
लहान / भारतबाट भन्सार छली गरि नेपाल ल्याउदै गरेकाे माेवाईलमा प्रयाेग हुने सामग्रीहरु सिरहा प्रहरीले बरामद गरेकाे छ ।
बरियारपट्टी गाउपालिका वडा नम्बर ३ हवल्दार चौक स्थित ईलाका प्रहरी कार्यालयका हवल्दार संजिब यादवकाे नेतृत्वकाे टाेलीले चेकिङ देखेर भारतबाट नेपाल तर्फ आउदै गरेको नेपाली नम्वर पलेटकाे प्र.२ -०१-००१ प ६४१७ नम्बरको मोटर साईकर छाडी भागेपछि चेकजाँच गर्दा माेटर साईकलमा लाेड गरिएकाे काटुनबाट विभिन्न ब्रान्डकाे समानहरु बरामद गरिएकाे छ ।
बरामद गरिएको समानहरुमा LI-ION Battery- १ थान , मोवाइल कभर- ४ थान, SAMSUNG Battery ( EB-BG530BBC) -१५ थान,. SAMSUNG Battery ( EB-J700CBE) -५ थान, RDX-Premium Tempered Glass- ४ प्याकेट, RDX- Hero Series Tempered Glass -150 प्याकेट ,ESD Super x -5 प्याकेट र मोवाईलका काेभर ११ थान रहेकाे जिल्ला प्रहरी कार्यालय सिरहाको निमित सुचना अधिकारी हेमन्त रायले जानकारी गराउनुभयाे ।
बरामद भएको मोटरसाइकल र सामान जिल्ला भन्सार कार्यालय माडर सिरहा पठाएको छ ।






