सिरहा / मधेशमा विवाह र मृत्यूमा भोजभतेरमा सहभागी हुनु समान्य हो। तर, मानव चेतना तथा विभेद अन्त्यको लागि भोजभतेर कर्म हुने गरेको छ।

विभेद अन्त्यको लागि मां दुर्गा महिला समुह गोलबजार ५ मगर टोलने बुधबार शान्ति सहभोज गरेको छ।

समाजमा रहेको जातिय छुवाछुत विरुद्ध स्थानीय र नजिकका वडाहरुवाट आएको विभिन्न जात जातिको सहभागितामा शान्ति सहभोज गरेको हो।

यस वर्ष को अन्तर्राष्ट्रिय जातिय विभेद र छुवाछुत विरुद्धको दीवसकाको ‘आफैबाट सुरु गरी, जातिय विभेद अन्त्य गरी’ भन्ने नारालाई सार्थक बनाउन मुक्ति नेपालको सहयोगमा दुर्गा महिला समुहले आयोजना गरेको सहभोजमा एक सय भन्दा बढी व्यक्तिहरु उपस्थित रहेको बताइएको छ।

विभिन्न जात तथा समुदायबाट उपस्थित सबै मिलेर पकाई एकै ठाउँमा बसी नोज खाएको आयोजक मुक्ति नेपालका कार्यक्रम संयोजक धिरेन्द्र साहले जानकारी दिए। समाजमा विद्यान यस्ता किसिमको विभेद हटाउन यो सराहनिय काम भएको संयोजक साहको भनाई छ ।

समुहकी अध्यक्ष बिनीता देवी रामले ‘अब देखि हामी छुआछुत मान्दैनौ, मान्छे मान्छे जातिय विभेद हटाउन यो हाम्रो प्रयास जारी रहने छ । बिभिद गरेमा चुप बस्दिनी, यस्ता बिभेद विरुद्ध यो हाम्रो पहीलो पाइला हो।’

सभार – नव संग्राम दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर