विनोद मण्डल
सिरहा / धानपछिको दोश्रो बालीको रूपमा गहुँ रहेको पाइन्छ ।
पीठोजनित उत्पादनको रूपमा रहेको गहुँको नल वा छ्वाली पशु आहारमा समेत प्रयोग गरिन्छ । सन् १९६०को दशकको अन्ततिर गरिएको हरित क्रान्तिले गहुँको उत्पादन वृद्धिमा धेरै प्रभावकारी असर पारेको थियो ।
गहुँ हिउँदको समयमा मंसिरको पहिलो हप्ता देखि मंसिर तेश्रो हप्तासम्म खेतमा छर्ने गरिन्छ । किसानहरूले तराईका जिल्लाहरूमा बिजय, गौतम, आदित्य, नेपाल २९७, भृकुटी लगायत गहुँका जातहरुले तातो हावा सहन सक्ने भएकोले खेतीपाती गर्ने गरेको पाइन्छ ।
पहाडमा राम्रो उत्पादन प्राप्त गर्नको लागि कार्तिक चौथो हप्ता देखि मंसिर दोस्रो हप्तासम्म डाँफे, धौलागिरी, गौरा र डब्लु । के १२०४ लगायतका गहुँका जातका बीऊ छर्ने गरिन्छ ।
भर्खरै हावा हुन्डरीसँगै आएको वर्षाको कारण आम किसानको हिउँदे बाली नष्ट गरेको छ ।
आम किसानले लगाएको बालीहरू गहुँ,बदाम , मसुरी लगायतका बालीलाई अशिना पानीले पूर्णतया नष्ट गरेको अवस्था छ ।
लुम्बिनी प्रदेशको पक्षिम नवलपरासीको अधिकांश खेतमा लगाएको बालीहरू नष्ट एकातिर भएको छ भने अर्कोतिर खेतमा काटेको गहुँ समेत पानीले भिजेपछि उत्पादनमा ह्रास आउने किसानहरूले बताएका छन् ।
पाकेर थन्काउन लागेको गहुँ वर्षा र हावाले गर्दा पुरै गहुँको बोट ढलेको छ भने गहुँ खेतभरी पानीको आहाल समेत रहेको छ ।
किसानले समयमा बीऊ मलको लागि संघर्ष एकातिर गर्दै आएको अवस्था रहेको छ भने अर्कोतिर प्रकृतिसंग समेत संघर्ष गर्दै गर्दा पनि सरकार मौन बस्नु चिन्ताको विषय हो ।