विनोद मण्डल
सिरहा । सिराहा जिल्लाको भौगोलिक विकटता रहेको धनगढीमाई १४ को सर्रे अम्बास लगाएतका बस्तीहरूमा रंग अविरको होली पर्व खेलेर मनाईएको छ ।
बस्तीहरू मडयान, महाजनी, खुट्टी, चटान, गागण, मागन, सरे, अमीलटार लगायतको टोल बस्तीमा बिहानदेखि रंग अबिरको पर्व होली खेलिएको हो ।
धनगढीमाई नगरपालिकाको अन्य वाडाहरुमा आज बेलुका राती होलीका दहनको कार्यक्रम रहेको छ । त्यसपछि होली पर्व मनाउने कार्यक्रम रहेको छ ।
वाडा नम्बर १४ का बस्तीहरूमा अन्य वर्षहरूको तुलनामा यसपटक भव्यताका साथ होली पर्व खेलिएको हो ।
स्थानिय टोल बस्तीमा बिहानदेखि युवा युवतीहरु , समाजका अगुवा लगाएतका ब्यक्तित्वहरु नयाँ लुगामा सजिएर एक अर्कालाई रंग अविरले स्वागत गरेको अवस्था रहेको थियो ।
होलीको अवसरमा सामूहिक जमघट भएर होली गीत सँगै नाचगान समेत गरिएको थियो ।
अत्यन्त शान्तिपूर्ण वातावरणमा आज खेलिएको होलीले सदभाब र भाइचारा स्थापितमा ठूलो सहयोग मिलेको स्थानिय बताउँछन् ।