विन्दे यादव
सिरहा / हाेली तथा ईद पर्वकाे अवसरमा शुभकामना आदान प्रदान एवम् पूर्व मेयर मुनि साहकाे सार्वजनिकिकरण कार्यक्रम समपन्न भएकाे छ ।

आज आईतवार लहान स्थित रहेको विशाल हाेटलमा भव्य रुपमा होली तथा ईद पर्व मनाएका हुन् ।

प्रेस चाैतारी सिरहाका कार्यबाहक अध्यक्ष शिव कुमार साहकाे अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमकाे प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राम शंकर यादव आतिथ्यमा भएकाे कार्यक्रममा प्रतिनिधि सभा सदस्य राम शंकर यादव, प्रदेश सभा सदस्य राजेन्द्र चाैधरी, नेकपा एमालेका जिल्ला अध्यक्ष तथा सिरहा नगरपालिका नगर प्रमुख डाक्टर नवीन कुमा यादव, लहान नगरपालिकाका पुर्व मेयर मुन्नी साह , नेकपा एमालेका नेता तथा एवम् प्रतिनिधिज्यूहरू, नागरिक समाज, स्थानीय संचारकर्मी, लगायतको उपस्थिति होली तथा ईद पर्वको शुभकामना आदान प्रदान गरेका छन् ।

अब म लहानकाे विभिन्न विकास कार्यक्रमकाे असल काम सहयाेग र गलत कार्यमा खबरदारीकाे भुमिका रहने जनहितमा अझै सक्रिय भएर कार्य गर्ने पूर्व नगर प्रमुख मन्नी साहले प्रतिबद्धता गर्नुभयो ।

नाैटंकीबाज लहानका मेयरले हाम्राे पालाेमा भएका कार्यहरुलाई अनैतिक हिसावले आफनाे नाम जाेडने काेशिस गरेता पनि लहानका जनता स्वीकार गरेकाे छैन् । अहिले फेशबुके नाैटंकी मेयरकाे उपमा पाई रहेकाे छ वहाँले बताउनुभयो ।

वर्तमान लहान नगरपालिका नगर प्रमुखले विभिन्न प्रकार अनुचित र अनैतिक कार्यहरुगर्दै आएकाेलाई तत्काल नै पार्टीगत सहकार्यगरि गरि नेकपा एमाले त्यस्ता अनुचित र अनैतिक कार्यकाे विराेधमा उत्रिने शुभकामना कार्यक्रमका वक्ताहरु वक्तव्य दिनुभयाे ।

कार्यक्रमकाे प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राम शंकर यादवले अहिलेकाे मेयर नाैटंकीबाज रहेकाे छ । केही पत्रकारहरुलाई जागिर र प्रलाेभनमा पारी यहाँ केही मिडियालाई प्रभावमा पारेकाे सबैलाई अवगत नै रहेकाे छ त्यसै गलत कार्यलाई उजागरी जनहितमा कार्य गर्न लागनुपर्ने पत्रकारहरुलाई आग्रह गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय